२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रमुख जिल्ला अधिकारी काफ्लेको योजना ‘सुरक्षित दाङ अभियान’

२०७२, ७ पुष मंगलवार ०२:५४

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङ प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले हरेक क्षेत्रबाट दाङलाई सुरक्षित बनाउन सुरक्षित दाङ अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

केही दिन पहिले दाङमा प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका काफ्लेले सोमबार दाङका पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम गर्दै शान्ति, बिकास र संबृद्धीलाई ध्यान दिदै सुरक्षित दाङ अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।

सुरक्षित दाङ अभियानमा अपराधलाई न्यूनिकरण गर्नका लागि प्रहरीको भुमिकालाई बढाउदै शसक्त बनाउने, जनता सँग प्रहरीको सहकार्यलाई बिस्तार गर्ने, जनता र सेवा प्रदायक निकायका बिचमा हातेमालो गर्ने, सरोकारवालाहरुको सल्लाह सुझाबलाई उर्जाकारुपमा प्रयोग गर्ने, प्रकोप र सडक दुर्घटना घटाउन लागि गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

आफु जिल्लामा प्रमुख जिल्ला अधिकारीकोरुपमा रहदा सम्म यहाँका सबै क्षेत्रहरु सँग सहकार्य गर्दै निति नियमलाई पालना र सेवा प्रबाहमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला र केन्द्रीय प्रतिनिधिहरुले पत्रकार र आम सञ्चार माध्यमलाई सूचना प्रबाहमा सहजताको बाताबरण सृजना गर्न आग्रह गरेका थिए ।

जिल्लाको शान्ति सुरक्षा, विकास र संबृद्धिमा पत्रकार र सञ्चार माध्यमको सहयोगी भुमिका रहने भन्दै पत्रकारहरुले सबै सरकारी कार्यालयहरुलाई सञ्चार मैत्री बनाईदिन आग्रह गरेका छन् ।

साथै परिचयात्मक कार्यक्रममा जिल्लाका बर्तमान समस्या, चुनौतीका बारेमा पनि छलफल भएको छ । बजार अनुगमन, ढुंगागिट्टी बालुवाको सहजता, सबै कार्यालयहरुमा नागरिक सहायता कक्षको स्थापना, सूचना अधिकारीको व्यवस्थामा पनि प्रशासन गम्भिर भएर लाग्नु पर्ने बिषयमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी काफ्लले सुरक्षा प्रमुख, कार्यालय प्रमुख, राजनितिक दलका प्रतिनिधिहरु सँग पनि परिचयात्मक र छलफल गुर्नभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा