१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ५ प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ पारित, कसले के भने ?

२१ माघ २०७४, आईतवार १७:०७

माघ २१, बुटवल (रासस) | राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई समेत बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

यस्तै, बैठकमा सभामुखले प्रदेशसभा कार्य सञ्चालन कार्यविधि, २०७४ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँचजना सदस्यको मनोनयनलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

बैठकले नेकपा (एमाले)बाट कमलप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट दधिराम न्यौपाने, नेपाली काँग्रेसबाट अष्टभुजा पाठक, संघीय समाजवादी फोरम नेपालबाट सन्तोषकुमार पाण्डे र राष्ट्रिय जनमोर्चाबाट तारा जिसी मनोनित हुनुभएको छ । 

प्रदेशसभाको आजको ऐतिहासिक बैठकको कार्यसूचीबमोजिम बैठकको अध्यक्षता गर्नुभएका प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुखले यही माघ १२ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो । 


यस्तै, प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ को दफा (६) को उपदफा (१) बमोजिम आगामी फागुन २ गते प्रदेश सभामुखको चयनका लागि मिति तय गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बैठकले सर्वसम्मतरुपमा पारित गरेको छ । 

यसअघि प्रदेश प्रमुखको पत्र पढेलगत्तै प्रदेश नं ५ मा क्रियाशील राजनीतिक दलका नेताले सभालाई सम्बोधन गर्नुभएको थियो । सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता शंकर पोखरेलले योजनाबद्ध ढंगले काम गर्नसके प्रदेश नं ५ लाई सबैभन्दा समृद्ध प्रदेश बनाउन सकिने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता प्रदेश सदस्य कुलप्रसाद केसीले प्रदेश नं ५ ले थारुवान, मगरात र अवधका नागरिकलाई भावनात्मकरुपमा जोड्नसके प्रदेशको समृद्धि हुने बताउनुभयो । 

नेपाली काँग्रेसका प्रदेश सदस्य वीरबहादुर रानाले संघीय व्यवस्था भनेको सहकार्यको व्यवस्था भएकाले प्रदेशको समृद्धिका लागि सबैले दलभन्दा माथि उठेर काम गर्न तयार हुनुपर्ने बताउनुभयो । 

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता सहर्षराम यादवले विविधताकाबीच एकता कायम गर्दै पिछडिएका जातिलाई अधिकार दिएमा मात्र विकास सम्भव हुने बताउनुभयो । 


राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तारा जिसीले समतामूलक विकासको योजना बनाइ प्रदेशको विकास गर्न सकिने बताउनुभयो । राजपाका नेता बिना पन्थ भने बिरामी भएका कारण सभामा अनुपस्थित रहनुभएको बताइएको छ । 

दिउँसो १:०० बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो । 

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभाको बैठकस्थलमा उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी फागुन २ गते हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह