2026-09-14 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ५ प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ पारित, कसले के भने ?

माघ २१, बुटवल (रासस) | राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई समेत बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

यस्तै, बैठकमा सभामुखले प्रदेशसभा कार्य सञ्चालन कार्यविधि, २०७४ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँचजना सदस्यको मनोनयनलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

बैठकले नेकपा (एमाले)बाट कमलप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट दधिराम न्यौपाने, नेपाली काँग्रेसबाट अष्टभुजा पाठक, संघीय समाजवादी फोरम नेपालबाट सन्तोषकुमार पाण्डे र राष्ट्रिय जनमोर्चाबाट तारा जिसी मनोनित हुनुभएको छ । 

प्रदेशसभाको आजको ऐतिहासिक बैठकको कार्यसूचीबमोजिम बैठकको अध्यक्षता गर्नुभएका प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुखले यही माघ १२ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो । 

यस्तै, प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ को दफा (६) को उपदफा (१) बमोजिम आगामी फागुन २ गते प्रदेश सभामुखको चयनका लागि मिति तय गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बैठकले सर्वसम्मतरुपमा पारित गरेको छ । 

यसअघि प्रदेश प्रमुखको पत्र पढेलगत्तै प्रदेश नं ५ मा क्रियाशील राजनीतिक दलका नेताले सभालाई सम्बोधन गर्नुभएको थियो । सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता शंकर पोखरेलले योजनाबद्ध ढंगले काम गर्नसके प्रदेश नं ५ लाई सबैभन्दा समृद्ध प्रदेश बनाउन सकिने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता प्रदेश सदस्य कुलप्रसाद केसीले प्रदेश नं ५ ले थारुवान, मगरात र अवधका नागरिकलाई भावनात्मकरुपमा जोड्नसके प्रदेशको समृद्धि हुने बताउनुभयो । 

नेपाली काँग्रेसका प्रदेश सदस्य वीरबहादुर रानाले संघीय व्यवस्था भनेको सहकार्यको व्यवस्था भएकाले प्रदेशको समृद्धिका लागि सबैले दलभन्दा माथि उठेर काम गर्न तयार हुनुपर्ने बताउनुभयो । 

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता सहर्षराम यादवले विविधताकाबीच एकता कायम गर्दै पिछडिएका जातिलाई अधिकार दिएमा मात्र विकास सम्भव हुने बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तारा जिसीले समतामूलक विकासको योजना बनाइ प्रदेशको विकास गर्न सकिने बताउनुभयो । राजपाका नेता बिना पन्थ भने बिरामी भएका कारण सभामा अनुपस्थित रहनुभएको बताइएको छ । 

दिउँसो १:०० बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो । 

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभाको बैठकस्थलमा उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी फागुन २ गते हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ