२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हत्या भएको १४ वर्षपछि काजकिरीया

२०७२, ८ पुष बुधबार ०२:४३

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । ४ वर्ष पहिला हत्या गरिएका रुकुमका चन्द्रबहादुर खत्रीको दाङमा अन्तिम दाहसंंस्कार गरिएको छ ।

सशस्त्र युद्धको समयमा २०५८ साल पुस ७ गते तत्कालिन नेकपा माओवादीले हत्या गरेका झुला गाविस ३ भेराखेतका खत्रीको कुसको पुत्ला वनाएर सोमबार फुलबारी गाबिसमा अन्तिम दाहसंस्कार गरी काजकिरीया थालिएको छ ।

पार्टीलाई चन्दा नदिएको, सहयोग नगरेको, नेपाली काँग्रेस नछोडेको लगाएतका आरोप लागेका खत्रीलाई रातको समयमा अपहरण गरि जंगलमा लगेर हत्या गरिएको थियो । हत्या गरेको समयमा माओवादीले काजकिरिया गर्न नदिएका कारण आफुहरुले काजकिरिया नगरेको छोरा बसन्त खत्रीले जानकारी दिनुभयो । नेपाली काँग्रेसका गाउँ इकाइ कमिटि सभापति र गाविस उपाध्यक्ष समेत भएका खत्रीलाई धेरै पटक माओबादीले कुटपिट गरेको परिवारले जनाएको छ ।

श्रीमानको हत्या, जेठो छोरालाई बेपत्ता पारेसंगै सम्पुर्ण सम्पत्ती माओवादीले कब्जा गरेपछि आफु नावालक छोराछोरीलाई लिएर दाङ आएको शसिली खत्रीले वताउनुभयो । जेठो छोरा वसन्त खत्रीलाई पनि २०५६ साल वैशाख १४ गते घर वाटै अपहरण गरि वेपत्ता पारिएको थियो ।

वेपत्ता पारिएपछि माओवादीकै नजरवन्द बाट उम्कन सफल बसन्तले धेरै वर्ष भारतमै मजदुरी गरेर घर फर्कनुभएको छ । खत्रीको परिवारका अनुसार दाङ आइ सकेपछि पनि छोरा घर आउने अवस्था नभएको र शान्ति वार्ता पछि सवै परिवार एकै ठाउँमा नभएका कारण काजकिरीया लम्बिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह