2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्राकृतिक श्रोतको उचित ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । नेपालमा रहेका अचुक प्राकृतिक श्रोतलाई अधिकतम प्रयो गर्नुपर्ने एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् ।

ग्रिन फाउन्डेसन नेपाल काठमाडौंले तुलसीपुरमा आयोजना गरेको संघीय प्रणालीमा नेपालको वन नीति, रणनीति तथा कार्यान्वयन बिषयक सम्वाद कार्यक्रमका सहभागीहरुले प्राकृतिक श्रोतको उचित बाँडफाँड र ब्यवस्थापन गर्न सके धेरै लाभ नेपालीले लिने सहभागिहरुको निष्कर्ष छ । सहभागीहरुले बन पैदावार निर्यात गर्नुपर्ने देश दीगो बन ब्यवस्थापन नहुँदा विदेशमा निर्भर हुनुपरेको बताका छन् ।

कार्यक्रममा अधिबक्ता पदम प्रसाद बैद्धिकले प्राकृतिक श्रोतको बाँडफाँड र उचित ब्यस्थापन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ग्रिन फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डेयले सामुदायीक बनका कार्यायोजना नविकरण नहुँदा र नविकरण भएका समूहले पनि योजना कार्यान्वयन नगर्दा देश काठमा परनिर्भर हुनपरेको बताउनु भयो ।

नेपालको बन विश्वमै नमुनाको रुपमा भएको चर्चा गर्दै अध्यक्ष पाण्डेले बनलाई बैज्ञानिक ब्यवस्थापन गरेर आयआर्जन बढाउनु पर्नेमा जोड दिनुभयो । जिल्ला वन अधिकृत नवराज काफ्लेले बन समूहका कार्यायोजना बैज्ञानिक नहुनु, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र बाताबरण समितिको प्रतिबन्धका कारण जिल्लामा बैज्ञानिक बन ब्यवस्थापन गर्न नसकिएको जानकारी दिनुभयो ।

केन्द्र सरकार र जिल्ला सरकारका बीचको तालमेल नहुनु, उपभोक्ता र बन कार्यालय बीचको समन्यव कम हुनु जस्ता कारणले गर्दा बनपैदावारको ब्यवस्थापनमा समस्या आउने गरेको उहाँले बताउनु भयो । कार्यक्रममा सामुदायीक बन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले अव बन्ने बन नीतिमा स्थानि श्रोत साधनमा स्थानियलाई अग्राधिकारको ब्यवस्था हुनुपर्ने माग गर्नुभयो । जनताले बनको संरक्षण गरेपनि भोगचलन गर्न नपाएकाले सबै क्षेत्रको उत्पादन बढेको समयमा बनको उत्पादन बढाउन नसकिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा इलाका प्रसासन कार्यालय तुलसीपुरका प्रमुख धनबहादुर केसी, सुकुम्वासी समस्या समाधान आयोग दाङका अध्यक्ष टीकाराम खड्का, दाङ काष्ठ ब्यवसायीका अध्यक्ष दानबहादुर अधिकारी, डा कल्पना देवकोटा, नेकपा एमालेका सचिव हुकुम बहादुर बस्नेत, एकीकृत नेकपा माओवादी दाङका अध्यक्ष कुबेर वली, गैराखाली हरियाली सामुदायीक बन उपभोक्ता समूहका अध्यक्ष छोटीलाल थारु, पत्रकार नारायाण भण्डारी लगायतका बक्ताहरुले नयाँ बन्ने बन नीतिमा समाबेश गर्नुपर्ने बिषयहरुमा सुझाव दिनुभएको थियो ।

नेपाल वाताबरण पत्रकार समूहको सहकार्य तथा बहु सरोकारवाला बन कार्यक्रमको सहयोगमा भएको कार्यक्रमको सहजिकारण ग्रिन फाउन्डेशन दाङका अध्यक्ष बिष्णु केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई