2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका ६ हजार भन्दा बढी घरमा गोवरग्याँस जडान

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । देउखुरीमा अहीले सम्म ६ हजार ३ सय ६ घरमा वायोग्याँस अर्थात गोवरग्याँस जडान गरिएको छ ।

देउखुरीमा रहेका विभिन्न ४ वटा संघ संस्था तथा कम्पनीको तथ्यांक हेर्दा वायोग्याँस जडान गर्ने उपभोक्ताको संख्या क्रमस वढ्दै गएको पाइएको छ । भारतले गरेको नाकावन्दीका कारण शहर बजारमा एलपी ग्याँसको चरम अभाव भैरहेका वेला वायोग्याँस जडान गरिएका घरमा भने नाकावन्दीले भएको एलपी ग्याँसको अभावको कुनै प्रभावनै देखीएन ।

आर्थिक वर्ष २०५२/५३ देखी राष्ट्रिय गोवरग्याँस कम्पनीले देउखुरीमा गोवरग्याँस वनाउने काम गर्दै आएको छ । यो नै पुरानो गोवरग्याँस जडान गर्ने कम्पनी हो । यो कम्पनीले अहीले सम्म २३ सय घरमा गोवरग्याँस जडान गरेको छ । त्यसैगरी नर्ती वन तथा वातावरण वहुउद्देश्यीय सहकारी संस्था लमहीले अहीले सम्म २५ सय उपभोक्ताको घरमा गोवरग्याँस जडान गरेको संस्थाका कोषाध्यक्ष जिवलाल खनालले जानकारी दिनुभयो ।

सहकारी संस्थाले २०६४ साल वाट गोवरग्याँसमा लगानी लगाउदै आएको हो । २०६५ साल देखी वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाले गोवरग्याँस जडान गर्न उपभोक्तालाई सहयोग गर्दै आएको छ ।

अहीले सम्म ९ सय ४३ उपभोक्ताको घरमा वायोग्याँस जडान गरिएको समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयो । राप्ती सोला पावर तथा गोवरग्याँस प्राली लमहीले देउखुरीका ५ सय ६३ घरमा गोवरग्याँस जडान गरेको प्रालीका प्रमुख जोखुराम चौधरीले जानकारी दिनुभयो।

वायोग्याँस वनाउन सरकारले अनुदान दिदै आएको छ । तराई क्षेत्रमा २ घन मिटरको गोवरग्याँस वनाउन १६ हजार, ४ घन मिटरको वनाउन २० हजार, ६ घन मिटरको वनाउन २४ हजार र ८ घन मिटरको वनाउन २५ हजार रुपैयाँ सरकारले उपभोक्तालाई अनुदान दिदै आएको छ ।

यती मात्रै होईन दलीत, जनजाती, एकल महिला र द्धन्द्ध पिडितहरुको हकमा थप अनुदानको ब्यवस्था रहेको राप्ती सोलार पावर तथा गोवरग्याँस प्राली लमहीका प्रमुख जोखुराम चौधरीले जानकारी दिनुभयो । थप अनुदान २ घन मिटरमा २ हजार, ४ घन मिटरमा २५ सय, ६ घन मिटरमा ३ हजार रहेको छ । घन मिटरको गोवरग्याँस वनाउदा थप अनुदानको ब्यवस्था गरिएको छैन् । गोवरग्याँस वनाउन चाहीने जम्मा लागत मध्य आधा वढी रकम सरकारले अनुदान उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई