2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या

माघ २२, बैतडी | बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन । 

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् । विद्युत्को अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले बताउनुभयो । विद्युत्को अभावमा गाउँपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सिगास गाउँपालिका दुर्गम गाउँपालिका भएकाले विद्युत्बाट हुने कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।” 

यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि गाउँपालिकाको केन्द्रसम्म विद्युत् नहुँदा काम गर्न समस्या भएको जनाएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा विद्युत् पुगेको छैन् । विद्युत् नपुगेका स्थानीय तहले विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भए पनि बजेटको अभावमा तत्काल विद्युत् सेवा विस्तार गर्न सकिने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर महानन्द भट्टले बताउनुभयो । 

“विद्युत् नभएका सबै स्थानीय तहबाट विद्युत् विस्तारका लागि निवेदन आए पनि बजेटको अभावमा विद्युत् सेवा विस्तार गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “जिल्लामा वार्षिक रूपमा विद्युत् विस्तारका लागि तीन–चार करोड मात्रै बजेट आउने र यो बजेट ज्यादै न्यून हो ।” त्यसमध्ये नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका अनुसार बैतडीका १२ हजार घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ । ग्रामीण क्षेत्रमा रहेका लघुजलविद्युत् आयोजना पनि पछिल्लो समय धमाधम बन्द हुन थालेपछि स्थानीय तहले विद्युत्को समस्या झेलिरहेका हुन् । जिल्लामा रहेका १९ वटा लघुजलविद्युत् आयोजनामध्ये अधिकांश बन्द अवस्थामा छन् । सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना पनि रातको समयमा सञ्चालन हुने भएकाले सरकारी कार्यालयमा कामकाजका लागि उपयोग गर्न पाइएको छैन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ