२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रुपचन्द्रले शुरु गरेको कृषि कर हटेपछि चन्दा उठाएर विद्यालय सञ्चालन

२०७४, २२ माघ सोमबार ०६:०४

प्रकाश सिलवाल / माघ २२, मकवानपुर | तीसको दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको जनकल्याण माध्यमिक विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ । 

थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टले थालनी गरेको सो कृषि करले विद्यालयको आर्थिक संकट टर्ने गरेकामा हाल सरकारको न्यून बजेटको मारमा विद्यालय परेको हो । केन्द्र र स्थानीय सरकारबाट पाउने अनुदानबाट नपुगेर विद्यालयले अभिभावक र अन्य स्रोतबाट चन्दा सहयोग जुटाएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउन पहल गरिरहेको छ । 

विद्यालय शुरुआतका समयमा आर्थिक संकट हुँदा तत्कालीन प्रधानाध्यापक रुपचन्द्र विष्टको नेतृत्वमा पालुङ विकास समिति २०३१ गठन गरी कृषि करको अभियान थालनी भएको थियो । स्थानीय रुपमा उत्पादित आलु र अन्य तरकारीमा प्रतिधार्नी नौ पैसा कर लगाई त्यसको ६० प्रतिशत विद्यालय तथा ४० प्रतिशत पूर्वाधार विकासमा खर्चने गरिएको प्रधानाध्यापक सानोभाइ कार्कीले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष झलकचन्द्र विष्ट हुनुहुन्थ्यो । संयोग थाहा नगरपालिकाका प्रमुख पनि लवशेर विष्ट नै हुनुहुन्छ । विष्टहरुकै त्याग र बलिदानबाट विद्यालय यहाँसम्म आइपुगेको शिक्षकहरु बताउँछन् । सोही विद्यालयमा पढेका प्रअ कार्कीले दुई दशकयता कृषि करको हिस्सा विद्यालयले पाउने प्रणाली हटेको र हाल स्थानीय सरकारले सो कर उठाई उसको वार्षिक बजेटका आधारमा विद्यालयले मागेको आधारमा केही रकम दिने गरेको जनाउनुभयो । 

मकवानपुरको मध्यभागमा रहेको विद्यालय थाहा नगरपालिका–७ मा पर्छ । शुरुमा कक्षा ६ देखि १० सम्म सञ्चालन गरेको सो विद्यालयले २०६२ सालदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्न थालेको हो । विद्यालयको पहिलो प्रवेशिका परीक्षा २०२६ सालमा एकजना मात्र विद्यार्थी रहेकामा हाल कक्षा १ देखि १२ सम्म कृषि प्राविधिक र साधारणतर्फ गरी एक हजार २५७ विद्यार्थी छन् । यहाँ गृह जिल्लाका साथै छिमेकी जिल्ला धादिङका विद्यार्थी पनि आउने गर्छन् । 

विसं २०२५ मा स्थापित सो विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । सोही अवसरमा विद्यालयले स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवन पनि उद्घाटन भयो । स्थानीय ढुंगालाई कलात्मक रुपमा बनाइएको स्तम्भमा थाहा अभियानको प्रतीक, कृषकले उत्पादन गर्ने आलु, जोत्दै गरेको गोरु र पढ्दै गरेका विद्यार्थीसमेत देखाइएको छ । 

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाले कृषि करको रकमबाट समेत विद्यालय चलाउनु परेको अवस्था स्मरण गर्दै परेको खण्डमा अहिले पनि स्थानीयवासी र कृषकले विद्यालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षामा स्नातक तहसम्म सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने, शैक्षिक क्रियाकलापलाई प्रविधियुक्त बनाई गुणस्तरीयता वृद्धि गर्ने, विद्यालय हातामा स्वच्छ पिउने पानीको पर्याप्तता र शौचालयको व्यवस्था तथा शिक्षकको क्षमता अभिवृद्धिमा निरन्तरता दिने जस्ता कार्यक्रम अघि सारेको प्रअ कार्कीले जनाउनुभयो । विद्यालयले साताव्यापी कार्यक्रम गरेको स्वर्ण महोत्सव मनाइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै