२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सीप सिकेर स्वरोजगार बन्दै बेचबिखन तथा हिंसा प्रभावित चेली

२२ माघ २०७४, सोमबार ०८:१३

माघ २२, चितवन | बेचबिखन तथा हिंसा प्रभावित चेली अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । 

उनीहरुले कपडा सिलाउने, डल, कुसन बनाउने, हातेकडाइ, खाँदा, हाते ब्याग, सल, किरिङ, ह्याण्डी क्राफ्टलगायतका सामग्री बनाउन सिकेर स्वरोजगार बन्दै गएका हुन् । 

बेचबिखन तथा हिंसामा परेकाको उद्धार तथा पुनःस्थापनमा सक्रिय हुँदै आएको संस्था केआइ नेपालले आश्रय दिएर उनीहरुलाई चितवनमा सीप सिकाउँदै छ । 

“कति दिदीबहिनी स्वरोजगार भइसके, केआइ नेपालकी चितवन संयोजक केमिका घिमिरेले भन्नुभयो, अहिले पनि चितवनमा १९ जना दिदीबहिनी सीप सिक्दै छन् ।” यहाँ उद्धार गरेर ल्याइएका कतिपय चेली भारतमा चरम हिंसामा परेका पनि छन् । 

कतिपय बेचबिखन त कतिपय जोखिममा परेका बेला केआइ नेपालमार्फत उद्धार गरिएका छन् । तेस्रो मुलुकमा पुगेका चेलीलाई समेत उद्धार गरिएको घिमिरे बताउनुहुन्छ । 

तीन महिनाअघि भारत जाने क्रममा वीरगञ्ज नाकाबाट उद्धार गरिएकी एक चेलीले चितवनमा कुर्ता शुरुवाल, बच्चाको भोटो, डल, कुसन, पाइजामा सबै बनाउन सिकिसकेको बताउनुभयो । 

“अझै केही सिक्न बाँकी छ, सीप सिकेर आफैँ केही गर्ने योजना छ, उहाँले भन्नुभयो, अब व्यवसाय गरेर आफ्नै खुट्टामा उभिने ।” केआइ नेपालले आफूलाई ठूलो सहयोग गरेको बताउने अर्की किशोरी पनि अहिले यहाँ सीप सिक्दै हुनुहुन्छ । 

छ महिनाअघि कामको खोजीमा भारत जाने क्रममा विराटनगर सीमा नाकाबाट उहाँलाई उद्धार गरिएको थियो । उहाँ पनि अहिले चितवनस्थित केआइ नेपालको पुनःस्थापन गृहमा बसेर सीप सिक्दै हुनुहुन्छ । उक्त संस्थामा अहिले दुई चेली आफ्नै आफन्तबाट करणीमा परेकालाई संरक्षण दिइरहेको छ । १९ जना बेचबिखनमा परेका र जोखिममा परेका छन् । 

उनीहरुलाई तीनदिन सिलाइ र तीनदिन हाते कडाइ बनाउन सिकाउने प्रशिक्षक लक्ष्मी विक बताउनुहुन्छ । सन् २०१७ मा मात्रै यहाँ उद्धार गरिएको ४७ जनालाई परिवारमा मिलन गराइएको छ । जसमध्ये ३५ जना अहिले विभिन्न व्यवसायमा लागेका छन् । 

सीप सिकेकाले अहिले डल कुसन बनाउने, सिलाइकटाइ गर्ने र तयारी खाना बनाएर स्वरोजगार बनेका संस्थाकी लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य