2026-08-26 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा घुम्ति शिविरबाट १५ सय १६ जनालाई नागरिकता

चिसाङ शेर्पा/माघ २२, खोटाङ । जिल्लाका दुई गाउँपालिकाका १५ सय १६ जनाले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । 

मुलुक संघिय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका बिकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाभित्रका स्थानियले नागरिकता पाएका हुन् ।

गत शनिबारदेखी शुरु भएको घुम्ति शिविरबाट जन्तेढुंगा गाउँपालिकामा ७ सय २७ र बरापोखरी गाउँपालिकामा ७ सय ८९ जनालाई नागरिकता प्रदान गरिएको शिविर संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

आईतबार सम्पन्न शिविरले विभिन्न किसिमका अपाङगता भई नागरिकता पाएका तर, अपाङगता परिचयपत्र नपाएका जन्तेढुंगा गाउँपालिकामा १४१ र बराहपोखरी गाउँपालिकामा ११७ जना गरी २५८ जनाले अपाङगताको परिचयपत्र पाएका छन् । कार्यक्रमकै अवसरमा दुई पालिकाका ५ सय ७३ जनालाई वैदेशिक रोजगार सम्वन्धी परामर्श दिईएको छ । 

जन्तेढुंगा गाउँपालिकामा २ सय ६९ र बराहपोखरी गाउँपालिकाका ३ सय ४ जनाले परामर्श लिएका थिए । आफ्नै घर आँगनमा सुविधा पाउँदा स्थानियहरु हर्षित भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिग्राम बन्जाराले बताए । 

नागरिकता पाउनेमा युवादेखी बयष्कसम्म रहेका थिए । शिविरमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुवन राई, शाखा अधिकृत बाबुराम खत्री लगायतको टोली रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो