२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?

२०७४, २३ माघ मंगलवार ०१:४९

माघ २३, काठमाडौँ । बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन् । 

गत वर्ष संसदमा ब्रेक्जिट बहसले व्यस्त हुनुपरेको जनाउँदै अन्तिम समयमा भ्रमण रद्द गरेका उनले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन् ।


आजको कान्तिपुर दैनिकमा खबर छ- मन्त्री ल्यानक्यास्टरका साथ ब्रिटिस आर्मी चिफ अफ जनरल स्टाफ निकोलस कार्टरसमेत रहनेछन् ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार मन्त्रीले नेपालमा रहँदा सरकारका उच्चपदस्थ पदाधिकारीलाई भेट्नुका साथै गोर्खाहरूको एटेस्टेसन परेड (भर्ती भएर बेलायत आउन लागेका गोर्खाको परेड) अवलोकन गर्ने कार्यक्रम छ ।

नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढिरहँदा बेलायती मन्त्रीको भ्रमणले दुई देशबीच पारस्परिक सम्बन्ध अरू बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार