२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा कुकुरले टोक्दा १३ जना घाइते

२३ माघ २०७४, मंगलवार ०२:४६

माघ २३, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । 

बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । 

बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् । 

घाइतेको बर्दिवास अस्पताल, शुभस्वस्तिक अस्पताल र जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आठजनाको घाँटीमा निकै चोट देखिएपछि प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय, बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो । 

कुकुरले धमाधम एकपछि अर्कोलाई टोक्दै गएपछि बर्दिवास बजार क्षेत्रमा त्रास फैलिएको थियो । टोक्ने कुकुरलाई स्थानीयले घेरा हालेर सोमबारै मारेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य