Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा कुकुरले टोक्दा १३ जना घाइते

२०७४, २३ माघ मंगलवार ०२:४६

माघ २३, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । 

बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । 

बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् । 

घाइतेको बर्दिवास अस्पताल, शुभस्वस्तिक अस्पताल र जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आठजनाको घाँटीमा निकै चोट देखिएपछि प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय, बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो । 

कुकुरले धमाधम एकपछि अर्कोलाई टोक्दै गएपछि बर्दिवास बजार क्षेत्रमा त्रास फैलिएको थियो । टोक्ने कुकुरलाई स्थानीयले घेरा हालेर सोमबारै मारेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ