2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अर्काे पनि यातायात प्रालि खुल्यो

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  निकट भविस्यमै सेवा सुरु गर्ने तयारी गर्दै दाङमा थप अर्काे प्रालि खुलेको छ । आगामी माघ पहिलो सातादेखि सेवा सुरु गर्ने तयारी सहित दाङ यातायात सेवा प्रालि खोलिएको छ ।

उक्त प्रालिले पुस १९ गते मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । दाङ यातायात सेवा प्रालिको दर्ता नं. १४३३११ रहेको प्रालिका अध्यक्ष पिताम्वर कँडेलले जानकारी दिए । प्रालिका अध्यक्ष कँडेलका अनुसार माघको पहिलो हप्तादेखि सेवा सुरुगर्ने जानकारी पनि दिए ।

उनले ६ वटा डिलक्सवसहरु भारतको दिल्लीमा निर्माणाधिन रहेको बताए । अध्यक्ष कँडेलका अनुसार गाडीको बडी निर्माण कार्य पुरा भइसकेको भएपनि पेन्टिङ र वाइरिङको काम मात्रै पुरा हुन वाँकि रहेको जानकारी दिए । उनले आगामी आइतवार मात्रै थप २० वटा नयाँ चेसिजको बडी निर्माणको लागि डिल्ली पु¥याउने जानकारी पनि दिए । दाङ प्रालिले ६ वटा नयाँ डिलक्स वस माघको पहिलो हप्ता देखि नै सेवा दिने गरी भित्रिय पनि थप २० वटा गाडीहरु भने फागुनको पहिलो हप्ता सम्म तुलसीपुरमा भित्रने जानकारी दिएको छ ।

दाङ प्रालिको केन्द्रिय कार्यालय तुलसीपुरको पातुखोला पुलपारी पोल्चक भन्ने स्थानमा केन्द्रीय कार्यालय स्थापना समेत गरिसकेको छ । पहिलो लटमा माघको पहिलो हप्ता दाङ आइपुग्ने ६ वटा डिलक्स वसहरु समितिका पदाधिकारीहरु ६ जनाले एक–एक वटा ल्याउने दाङ प्रालिले जनाएको छ । समितिले एउटा डिलक्स वसको मुल्य ५८ लाखको हाराहारीमा पर्न गएको जानकारी पनि दिएको छ ।

दाङ प्रालिको पदाधिकारीमा को–को छन् ?
दाङ यातायात सेवा प्रालिको अध्यक्ष–पिताम्वर कँडेल,वरिष्ठ उपाध्यक्ष निराजन केसी, महासचिव मदनवहादुर भण्डारी, कोषाध्यक्ष पदम केसी, सदस्य शिव केसी रहेका छन् । प्रालिले सल्लाहाकारमा ऋषिराज केसी र कानुनी सल्लाहाकारमा मोहन धिताललाई चयन गरेको छ । पछि आवश्यक्ता अनुसार कार्यसमिति विस्तार गरिने अध्यक्ष कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई