२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको स्वास्थ्यचौकीमा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार

२३ माघ २०७४, मंगलवार ०६:०८

माघ २३, पर्वत | महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ । 

गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गत वडा नं ५ लुखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सो सेवा सञ्चालनमा आए पनि अन्य पाँच स्वास्थ्यचौकीमा भने यस वर्षदेखि सो सेवा थप गरिएको हो । 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उपचारका अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउन नपरोस् र तत्काल आफ्नै गाउँमा रहेको स्वास्थ्यचौकीबाट सेवा लिन पाऊन् भन्ने उद्देश्यले चौबीसै घण्टा आकस्मिक गर्भवती र सुत्केरी सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार विगतमा सञ्चालन हुँदैआएको प्राथमिक केन्द्रमा पनि जटिल किसिमका बिरामीको उपचार नहुने तथा दक्ष जनशक्ति नबस्ने समस्याले गर्दा स्थानीय महिलाले सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिकाले यस वर्ष रु १७ लाख विनियोजन गरी सबै स्वास्थ्यचौकीमा सुत्केरी सेवा दिन सकिने पूर्वाधार तथा जनशक्तिको व्यस्थापन गरिएको हो । ग्रामीण भेगमा चौबीसै घण्टा यातायात पहुँच नहुने र सामान्य परिवारले अर्थ अभावका कारण तत्काल अस्पताल पुर्याएर सुत्केरी गराउन नसक्ने अवस्थालाई ध्यानमा राखी सो सेवा तत्काल थप गरिएको पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आम महिला दिदीबहिनीलाई जनप्रतिनिधि आएपछिको पहिलो राहातस्वरुप यो सेवा थप गरिएको छ । गाउँपालिकाअन्तर्गत हाश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी र फलामखानीका स्वास्थ्यचौकीमा यो सेवा गत महिनादेखि सुचारु गरिएको हो ।” 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनशक्तिसमेत अभाव नहोस् भन्ने उद्देश्यले अनमी १२ र स्वास्थ्य संस्था सहयोगी १२ कर्मचारी पदपूर्तिसमेत गर्न थालेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी कर्मचारी माग गरिएको पौडेलले जानकारी दिनुभयो । 

“जीर्ण भएका संरचना पुनःनिर्माण, औषधिको पर्याप्त व्यवस्था, प्रत्येक टोल टोलमा स्टेचरको व्यवस्था, महिला स्वयंसेविकालाई समेत जिम्मेवारी प्रदान गरेर कुनै पनि नागरिक राज्यले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था गरेका छौँ”, अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

अहिले लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकसहितको सेवा र अन्य स्वास्थ्यचौकीमा अहेवको नेतृत्वमा कर्मचारी व्यवस्थापन गरिएको बताइएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै र प्रभावकारी रुपमा काम गरेको महाशिलाले शिक्षा क्षेत्रमा समेत सुधार योजना अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली