2026-10-23 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

२६ हजार लाभग्राहीको आवास निर्माण अझै शुरु भएन

सञ्चिता घिमिरे / माघ २३, ललितपुर | भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् । 

भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी आवास निर्माणका लागि सम्झौता गर्ने लाभग्राहीमध्ये अझै २५ हजार ८३५ लाभग्राहीले घर बनाउन थालेका छैनन् । जिल्लाभरमा लाभग्राहीको संख्या २७ हजार ७३३ रहेको छ । तीमध्ये एक हजार ८९८ लाभग्राहीले मात्रै दोस्रो किस्ता लिएका छन् । 

लाभग्राहीमध्ये १० प्रतिशतले मात्रै दोस्रो किस्ताबापतको रकम बुझेको एकाइमा कार्यरत सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “लाभग्राहीमध्ये धेरैले दोस्रो किस्ता लिएका छैनन्, कतिले त पहिलो किस्ता नै लिन बाँकी छ ।” 

लाभग्राहीमध्ये २२ हजार ९९७ जनासँग सम्झौता भएको थियो । एक्काइस हजार ६५४ लाभग्राहीले पुससम्म पहिलो किस्ताबापतको रकम लिएर पहिलो सम्झौता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्मलाई दोस्रो किस्ता लिने मिति तोकिरहँदा त्यो अवधिमा थोरै संख्यामा भूकम्प प्रभावितले घर बनाउन थालेका श्रेष्ठ बताउनुहुन्छ । 

सरकारले दुई महिनाका लागि म्याद थपे पनि अझै धेरैले घर बनाउन सुरसार गरेका छैनन् । “विभिन्न समस्याका कारण लाभग्राहीले घर बनाउन सकेका छैनन्,” श्रेष्ठले भन्नुभयो । सरकारी निकायबाट एक हजार २६० जना र गैरसरकारी संस्थामार्फत ६३८ लाभग्राहीसँग दोस्रो सम्झौता भएको छ । सरकारी निकायबाट २० हजार ८०९ तथा गैरसरकारी संस्थाबाट ८४५ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् । 

पहिले सम्झौता भएको जग्गामा पछि घर बनाउनका लागि नक्सापास नहुँदा धेरैजना लाभग्राहीले अर्कै जग्गामा घर बनाउन निवेदन दिएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निकायबाट नक्सापास नभएको भन्दै पहिले सम्झौता भएको भन्दा अर्कै ठाउँमा घर बनाउन चाहने लाभग्रही धेरै छन्, सम्झौता गरिएका कतिपय लाभग्राही मृत्यु हुँदा समेत समस्या भएको छ ।” 

कतिपय लाभग्राही विदेशमा हुँदा घर बनाउन शुरु गर्न नसकेका श्रेष्ठले बताउनुभयो । कतिपयको नाबालकको नाममा जग्गालगायत सम्पत्ति हुँदा समस्या भएको छ । “केही लाभग्राही सम्झौताका लागि आउन नसक्ने छन्,” उहाँले भन्नुभयो । घर बनाउन ढिलो भएका समस्याको समाधान गरिरहेको श्रेष्ठको भनाइ छ । गुठीका नाममा जग्गा हुँदा समेत समस्या भएको छ । 

देवीचउरमा जोखिमपूर्ण बस्ती भएकाले लाभग्राहीले घर बनाउन सकेका छैनन् । छ सय ८५ लाभग्रही रहेको सो ठाउँमा ३८५ जनासँग मात्रै समझौता भएको छ । सो ठाउँमा धेरैजसो लाभग्राहीले पहिलो किस्ता नै पाउन सकेका छैनन् । सरकारी निकायको तुलनामा गैरसरकारी संस्थाले निजी आवास निर्माणको काम तीव्रगतिमा अघि बढाएका छन् । गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर निर्माण सकाएर ५५६ लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् भने ६३८ जनाले दोस्रो किस्ता तथा ८८५ जनाले आवास निर्माणका लागि पहिलो सम्झौता गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने