2026-07-24 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

२६ हजार लाभग्राहीको आवास निर्माण अझै शुरु भएन

सञ्चिता घिमिरे / माघ २३, ललितपुर | भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् । 

भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी आवास निर्माणका लागि सम्झौता गर्ने लाभग्राहीमध्ये अझै २५ हजार ८३५ लाभग्राहीले घर बनाउन थालेका छैनन् । जिल्लाभरमा लाभग्राहीको संख्या २७ हजार ७३३ रहेको छ । तीमध्ये एक हजार ८९८ लाभग्राहीले मात्रै दोस्रो किस्ता लिएका छन् । 

लाभग्राहीमध्ये १० प्रतिशतले मात्रै दोस्रो किस्ताबापतको रकम बुझेको एकाइमा कार्यरत सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “लाभग्राहीमध्ये धेरैले दोस्रो किस्ता लिएका छैनन्, कतिले त पहिलो किस्ता नै लिन बाँकी छ ।” 

लाभग्राहीमध्ये २२ हजार ९९७ जनासँग सम्झौता भएको थियो । एक्काइस हजार ६५४ लाभग्राहीले पुससम्म पहिलो किस्ताबापतको रकम लिएर पहिलो सम्झौता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्मलाई दोस्रो किस्ता लिने मिति तोकिरहँदा त्यो अवधिमा थोरै संख्यामा भूकम्प प्रभावितले घर बनाउन थालेका श्रेष्ठ बताउनुहुन्छ । 

सरकारले दुई महिनाका लागि म्याद थपे पनि अझै धेरैले घर बनाउन सुरसार गरेका छैनन् । “विभिन्न समस्याका कारण लाभग्राहीले घर बनाउन सकेका छैनन्,” श्रेष्ठले भन्नुभयो । सरकारी निकायबाट एक हजार २६० जना र गैरसरकारी संस्थामार्फत ६३८ लाभग्राहीसँग दोस्रो सम्झौता भएको छ । सरकारी निकायबाट २० हजार ८०९ तथा गैरसरकारी संस्थाबाट ८४५ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् । 

पहिले सम्झौता भएको जग्गामा पछि घर बनाउनका लागि नक्सापास नहुँदा धेरैजना लाभग्राहीले अर्कै जग्गामा घर बनाउन निवेदन दिएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निकायबाट नक्सापास नभएको भन्दै पहिले सम्झौता भएको भन्दा अर्कै ठाउँमा घर बनाउन चाहने लाभग्रही धेरै छन्, सम्झौता गरिएका कतिपय लाभग्राही मृत्यु हुँदा समेत समस्या भएको छ ।” 

कतिपय लाभग्राही विदेशमा हुँदा घर बनाउन शुरु गर्न नसकेका श्रेष्ठले बताउनुभयो । कतिपयको नाबालकको नाममा जग्गालगायत सम्पत्ति हुँदा समस्या भएको छ । “केही लाभग्राही सम्झौताका लागि आउन नसक्ने छन्,” उहाँले भन्नुभयो । घर बनाउन ढिलो भएका समस्याको समाधान गरिरहेको श्रेष्ठको भनाइ छ । गुठीका नाममा जग्गा हुँदा समेत समस्या भएको छ । 

देवीचउरमा जोखिमपूर्ण बस्ती भएकाले लाभग्राहीले घर बनाउन सकेका छैनन् । छ सय ८५ लाभग्रही रहेको सो ठाउँमा ३८५ जनासँग मात्रै समझौता भएको छ । सो ठाउँमा धेरैजसो लाभग्राहीले पहिलो किस्ता नै पाउन सकेका छैनन् । सरकारी निकायको तुलनामा गैरसरकारी संस्थाले निजी आवास निर्माणको काम तीव्रगतिमा अघि बढाएका छन् । गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर निर्माण सकाएर ५५६ लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् भने ६३८ जनाले दोस्रो किस्ता तथा ८८५ जनाले आवास निर्माणका लागि पहिलो सम्झौता गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक