सन्तोषकुमार गुप्ता/ पुस, दाङ । दाङ जिल्ला प्रहरी प्रमु्ख कुवेर कडायतले रुकुम प्रालिको वसमा आक्रमण दाङ क्षेत्रमा नभई कपिलवस्तु क्षेत्रमा भएको बताएका थिए । उनले आफ्नो क्षेत्र भित्र आक्रमण नभएकोले त्यसको जिम्मा कपिलबस्तु प्रहरीको भएको प्रतिक्रिया दिएका थिए । तर मंगलवार विहान फेरी मालिका कालिका प्रालिको वसमा आक्रमण भएपछि भने एसपी कडायतले गाडीले प्रहरीलाई खबर नै नगरी आफू खुसी आएको बताए ।
जिल्ला प्रहरी प्रमुख कडायतले मालिका कालिकाको वस खबर नै नगरी आएको वताएता पनि मंगलवार विहान तोडफोड भएको वसका चालक खड्गवहादुर घर्तीले भने आफूले भालुवाङ प्रहरीलाई खबर गरेरै आएको र प्रहरीले सबै ठिक छ जानुस भन्ने आदेश दिएपछि मात्रै अगाडी वढेको दाबी गरे ।