२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा पोखरीमा तैरिरहेको अवस्थामा शव निकालियो

२३ माघ २०७४, मंगलवार ०९:५०

माघ २३, गौशाला | महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १० मा पोखरीमा डुबेर तैरिरहेको अवस्थामा एक पुरुषको शव निकालिएको छ । 

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर–१० बस्ने ६० वर्षीय श्रीनारायण मण्डलको आफ्नै घर अगाडि रहेको सार्वजनिक पोखरीमा डुबेर तैरिरहेको अवस्थामा शव फेला परेको हो । 

गएराति अत्यधिक मदिरा सेवन गरी सुतेका मण्डल मध्यरातमा बाहिर निस्केर घर अगाडि रहेको सार्वजनिक पोखरीको डिलमा पिसाब फेर्ने क्रममा मदिराको नशामा रहेका कारण पोखरीमा चिप्लिएर पानीमा डुबेर निस्कन नसक्दा मरेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

प्रहरीले उक्त शव मण्डलको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य