२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघ र प्रदेश तथा प्रदेश-प्रदेशबीच विवाद हुन सक्ने भन्दै यस्तो तयारी

२०७४, २४ माघ बुधबार ०१:५३

माघ २४, काठमाडौं । संविधानअनुसार छुट्टाछुट्टै शासकीय अभ्यासमा रहने संघ र प्रदेश तथा प्रदेश प्रदेशबीच हुन सक्ने विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने भएको छ।

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति हुनासाथ अन्तरप्रदेश परिषद् गठन हुने गरी केन्द्रीय सरकारले परिषद्को कार्यविधि बनाउने गृहकार्य अघि बढाएको छ। परिषद्को सदस्यमा प्रदेशका मुख्यमन्त्री सदस्य रहने प्रावधान भएकाले मुख्य मन्त्री नियुक्ति हुनुअघि नै केन्द्रीय सरकारले परिषद्को कार्यविधि बनाइसक्ने बताएको छ। 

संविधानको धारा २३४ ले नै संघ र प्रदेशबीच तथा प्रदेश र प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् रहने व्यवस्था गरेकाले परिषद् छिट्टै बन्ने भएको हो।

परिषद्को सदस्यमा गृहमन्त्री, अर्थमन्त्री तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य रहने छन् भने परिषद्ले आफ्नो बैठकमा विवादको विषयस“ग सम्बन्धित मन्त्री र सम्बन्धित प्रदेशको मन्त्री तथा विशेषज्ञलाई समेत बोलाउन सक्ने छ। 

केन्द्रीय सरकारले गठनलगत्तै परिषद् सक्रिय बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहने गरी अन्तरप्रदेश परिषद्को सचिवालय स्थापना गरिसकेको छ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले प्रदेश–प्रदेशबीच तथा संघ– प्रदेशबीचका विवादमा कुन राजनीतिक मान्ने र कुन प्राविधिक मान्ने निक्र्यौल गर्न कार्यविधि तयार पार्न थालिएको जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ