६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघ र प्रदेश तथा प्रदेश-प्रदेशबीच विवाद हुन सक्ने भन्दै यस्तो तयारी

२४ माघ २०७४, बुधबार ०१:५३

माघ २४, काठमाडौं । संविधानअनुसार छुट्टाछुट्टै शासकीय अभ्यासमा रहने संघ र प्रदेश तथा प्रदेश प्रदेशबीच हुन सक्ने विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने भएको छ।

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति हुनासाथ अन्तरप्रदेश परिषद् गठन हुने गरी केन्द्रीय सरकारले परिषद्को कार्यविधि बनाउने गृहकार्य अघि बढाएको छ। परिषद्को सदस्यमा प्रदेशका मुख्यमन्त्री सदस्य रहने प्रावधान भएकाले मुख्य मन्त्री नियुक्ति हुनुअघि नै केन्द्रीय सरकारले परिषद्को कार्यविधि बनाइसक्ने बताएको छ। 

संविधानको धारा २३४ ले नै संघ र प्रदेशबीच तथा प्रदेश र प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् रहने व्यवस्था गरेकाले परिषद् छिट्टै बन्ने भएको हो।

परिषद्को सदस्यमा गृहमन्त्री, अर्थमन्त्री तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य रहने छन् भने परिषद्ले आफ्नो बैठकमा विवादको विषयस“ग सम्बन्धित मन्त्री र सम्बन्धित प्रदेशको मन्त्री तथा विशेषज्ञलाई समेत बोलाउन सक्ने छ। 

केन्द्रीय सरकारले गठनलगत्तै परिषद् सक्रिय बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहने गरी अन्तरप्रदेश परिषद्को सचिवालय स्थापना गरिसकेको छ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले प्रदेश–प्रदेशबीच तथा संघ– प्रदेशबीचका विवादमा कुन राजनीतिक मान्ने र कुन प्राविधिक मान्ने निक्र्यौल गर्न कार्यविधि तयार पार्न थालिएको जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने