२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा माघी मेलाको रौनकता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुत हुने

२३ पुष २०७२, बिहीबार ११:५२

bhalubang mela 2072

सन्तोषकुमार गुप्ता । भालुवाङ २३ पुस । देउखुरीको भालुवाङ्गमा यस बर्ष “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” सञ्चालन हुने भए पछि तयारी समेत तीब्र पारिएको छ ।

लालमटिया—३ पुरानो भालुवाङ्गबजार स्थीत नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको सहयोगार्थ ग्यालेक्सी म्युजिक प्रालि अनामनगर काठमाडौँको आयोजना एवम् स्थानिय संस्थाहरुको सहयोगमा पुसको ३० गते देखि माघको २ गते सम्म माघी मेला सञ्चालन हुने भएको हो । नेपालीहरुको बिशेष चार्ड तथा थारु समुदायको महान् चार्ड माघी पर्वको उपलक्ष्यमा भालुवाङ्ग क्षेत्रमा क्रियाशिल सरकारी तथा स्थानिय संस्था नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समिती, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लालमटिया स्वास्थ्य चौकी, राप्ती सामुदायिक वन उपभोक्ता समूह, संयुक्त युवा क्लव, रोल्पाली एकता समाज, आँपखोली आमा समूह, स्टार बाल क्लब र प्यूठानी मगर महिला समूहको सहयोगमा भालुवाङ्गको इतिहासमा पहिलो पटक माघी मेला सञ्चालन हुन लागेको हो ।

नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका लागि तथा भालुवाङ्गमा प्रत्येक बर्ष माघी मेला सञ्चालनका लागि स्थानियस्तरमा उर्जा प्रदान गर्न “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” सञ्चालन गर्न लागेको “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” मुल आयोजक समितीका कार्यक्रम संयोजक डोलराज बारघरेमगरले जानकारी दिए । कार्यक्रममा पहिलो पटक भद्रगोलका चार जना चर्चित राष्ट्रिय कालाकार कुमार कट्टेल(जिग्री ब्रो), सागर लम्साल(बले), हरि निरौला(कक्रोज) र अर्जुन घिमिरे(पाँडे बुढा) सहित हाँस्यव्यङ्ग कलाकार आउने संयोजक बारघरेमगरले बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय चर्चित लोकदोहरी गायक राजु परियार, शर्मिला गुरुङ्ग, पशुपति शर्मा, राधिका भुसाल, पुष्कर शर्मा, जुना श्रीस, सुमन परियार, देवीराम राना, नीरुश्रीस मगर, बिजय परियार, शिव गौतम, दिपा मगर, गंगा पुन, निशान चौधरी, सरिता थापा र मिना श्रीस् आउने पक्का भईसकेको धैर्यधर्म रोकाले जानकारी दिए ।

पुस ३० गते बिहान ११ बजे उद्घाटन भई माघ २ गते सम्म सञ्चालन हुने मेलामा एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाको सञ्चालन हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारको कार्यलाई तीब्र पारिएको छ । मेलामा १ करोडको कारोबार गर्ने लक्ष्य रहेको र खर्च कटाएर बचेको रकमको केही प्रतिशत रकम नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका उपलब्ध गराईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य