Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २४ गते, अपराह्न ३:०४ बजे बैतडी - BTD, समाज

बैतडीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय नागरिक लाभान्वित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २४, बैतडी | बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार २०० बढी नागरिक लाभान्वित भएका छन् ।

हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फाउण्डेशनको संयुक्त आयोजनामा सोमबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको हो ।

स्वास्थ्य शिविर संयोजक रिजन मडैका अनुसार एक हजार २९३ जना प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो । शिविरमा जनरल फिजिसयन, स्त्रीरोग सेवा, दन्त सेवा, ल्याब सेवालगायतका सेवा प्रदान गरिएका थिए ।

जसमा स्त्रीरोग सेवा २१० जना, दन्त सेवा १४१, नाक कान घाँटी ३५ जना, स्वाशप्रश्वाससम्बन्धी १२२, ग्याष्ट्रिक १५५ जनाले सेवा लिएको बताइएको छ । यस्तै अल्ट्रासाउड सेवा ५४ जना, प्रयोगशाला १२८ र ५४७ जनाले अन्य स्वास्थ्य सेवा तथा परामर्श लिएको मडैले बताउनुभयो ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । सुर्नयामा निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा लिन पाएकोमा नागरिकले खुशी व्यक्त गरेका छन् । रासस