२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

गाउँको मुहार फेर्दै पूर्वसैनिक

२४ माघ २०७४, बुधबार १०:३८

झापा, २४ माघ | बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । 

राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उहाँ निर्वाचित पनि हुनुभयो । राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर हुनुहुन्छ । उहाँको जनप्रतिनिधिका माझ बेग्लै पहिचान छ । बेग्लै पहिचान हुनुको पछाडि उहाँको विगतको पेशागत संलग्नताको प्रमुख भूमिका रहेको छ । 

बाह्रदशी–३ का राजवंशी भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । विसं २०४४ मा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्नुभएका उहाँ २०५१ सालदेखि २०५५ सम्म नारायणहिटी राजदरबारको सुरक्षामा संलग्न हुनुभयो । त्यसको केही समयपछि उहाँ तत्कालीन राजा वीरेन्द्रको सुरक्षामा खटिनुभयो । 

नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर उहाँले पूर्व राजाको सुरक्षासँगै नारायणहिटी दरबारको सेवाको अनुभव पनि लिनुभयो । विसं २०५५ मा सूर्यविनायकमा उहाँको सरुवा भएपछि दरबारबाट बाहिरिनुभएका राजवंशीले त्यसपछि पाँच वर्षमात्र नेपाली सेनामा काम गर्नुभयो । 

विगतको अनुभवले गाउँमा अहिले उहाँको बेग्लै पहिचान कायम भएको हो । योसँगै उहाँले राजवंशी शब्दकोष भण्डार तयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा समेत रहेर काम गर्नुभयो । राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएपछि उहाँ त्यस क्षेत्रमा मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । 

नेपाली सेनाको जागिर त्यागेपछि गाउँ फर्किनुभएका उहाँ अहिले गाउँलेको सेवामा सर्मपित हुनुहुन्छ । पन्ध्र वर्षसम्म सेनामा जागिरे जीवन बिताउनुभएका राजवंशीका लागि समाज सेवा नौलो थियो । सेनामा जागिरे हुँदा कालीबक्स गणअन्तर्गतको इञ्जिनियरिङ गणमा कार्यरत रहँदा धुन्चेदेखि सोमदाङसम्मको १०५ किलोमिटर सडक निर्माण र नौ महिनासम्म शैन्य तालीम केन्द्रमा रहँदा त्रिशूलीको सडक निर्माण गरेको सम्झदै उहाँले गाउँमै विकास निर्माणका काम अघि बढाउने निर्णय गर्नुभयो । अन्ततः उहाँ आफ्नै गाउँको मुहार फेर्न लागि पर्नुभएको छ । 

राजवंशीको अहिले पनि पहिलो काम विकास नै हो । उहाँ हरदम हर समय विकास निर्माणका काममा केन्द्रित रहनुहुन्छ । राजवंशीले सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको पाँच वर्षसम्म अध्यक्ष पदमा रहेर काम गर्नुभयो । विकासको दृष्टिकोणले पछि परेको राजगढलाई नमूना गाउँ बनाउने सोचका साथ चुनावी मैदानमा होमिनुभएका उहाँ अन्तत सफल भएरै छाड्नुभयो । 

राजवंशीको अहिलेको पहिलो प्राथमिकतामा छ सडक निर्माण । सडक निर्माणसँगै विद्युतीकरण, सिँचाइको व्यवस्था, स्वच्छ खानेपानी र कृषकलाई व्यावसायिक कृषि प्रणालीमा लागेर आत्मनिर्भर बनाउनु नै हो । जंगली हात्तीको उपद्रोले राजगढवासीलाई आक्रन्त पारेपछि उहाँ अहिले अलमलमा पर्नुभएको छ । दिन प्रतिदिन हात्तीको उपद्रोका कारण राजगढवासीको धनजनको सुरक्षा कसरी गर्न सकिएला भन्ने ठूलो चिन्ता छ राजवंशीलाई । 

राजवंशी सबैका साझा नेता हुनुहुन्छ । दलगत स्वार्थभन्दा माथि उठेर उहाँले गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसँग मिलेर वडा नम्बर ३ को राजगढ बजारलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि सार्नुभएको छ । गाउँपालिकाले सो कार्यका लागि रु एक करोड १० लाख बजेट विनियोजन गरेको छ । 

“राजगढ बजारलाई व्यवस्थित गर्न डिपीआर तयार भइरहेको छ,” उहाँले भन्नुभयो । रु १० करोड ६९ लाखको लागतमा फैंदारघाट सिँचाइ आयोजना तथा रु १६ करोडको लागतमा राजगढ खानेपानी आयोजना सञ्चालनमा छ । एउटा आर्थिक वर्षमा झण्डै रु ३० करोड बजेट एउटै वडामा भित्र्याएर विकास निर्माणका लागि देखाएको तदारुकताका कारण राजवंशी अहिले सबैका साझा नेता बन्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो