2026-10-24 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रख्यात बन्दै सुदामाको ‘मकवानपुरे ढिँडो’

नारायण ढुंगाना / माघ २४, मकवानपुर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडास्थित राप्ती खोला पुलको मुखमैछ सुदामा पुडाशैनीको ढिंडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंडो बेच्न थालेको झण्डै ६ वर्षभयो । 

अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा हुनुहुन्छ । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन् । उहाँकोमा ढिँडो खानेको लाइन नै लाग्छ । 

स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्ने गरेका छन् । रु एक सय ५० मा माछा र ढिँडोको स्वाद थपिथपि खान पाइन्छ । 

“सिडियोदेखि मन्त्री, सांसद, कलाकारलगायत ढिंडो खान आउनुहुन्छ,” पुडाशैनीले भन्नुभयो । चैत २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’को निर्माण समूह मंगलबार यहाँ ढिँडोको स्वादमा रमायो । सुदामाको मकवानपुरे ढिँडो एउटा ब्राण्ड जस्तै बनेको छ । 

हेटौडा उपमहानगरपालिका–१ राप्ती खोलाको किनारमै छ ढिंडो पसल । ऐलानी एक कठ्ठा जग्गामा ६ वर्षदेखि पुडाशैनीले ढिँडो बनाएर बेच्दै आउनुभएको छ । उहाँले गाडी चलाउन छाडेर ढिंडो बेच्न थाल्नुभएको हो । साउदी गएर दुई वर्ष गाडी चलाएको पनि उहाँसँग अनुभव छ । “परिवासँग बसेर पेशा गर्न पाइएको छ, आम्दानी पनि राम्रै छ,” उहाँले भन्नुभयो । 

पुडाशैनीले मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । पहिला रु ५५ मा ढिँडो बिक्थ्यो । त्यो बेला माछा प्रतिकिलो रु १८० मा पाइन्थ्यो । अहिले त्यही माछा प्रतिकिलो रु ६०० मा पाइन्छ । “पहिले गाउँमा ढिंडो खाने चलन थियो, अहिले त्यो चलन घट्दै गएको छ, अहिले शहरमा ढिँडोमा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो । 

वडाले सिफारिस नदिएका कारण पुडाशैनीले पसल दर्ता गर्न पाउनुभएको छैन । उहाँको पसल ऐलानी जग्गामा रहेको छ । “कर तिर्छु भनेर दर्ता गर्न खोज्दा दिएन,” उहाँले भन्नुभयो । उहाँ सिमलटार टोल विकास संस्थामा आवद्ध हुनुहुन्छ । सो टोलमा एक हजार १०० घरधुरी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने