२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रख्यात बन्दै सुदामाको ‘मकवानपुरे ढिँडो’

२०७४, २४ माघ बुधबार ११:४७

नारायण ढुंगाना / माघ २४, मकवानपुर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडास्थित राप्ती खोला पुलको मुखमैछ सुदामा पुडाशैनीको ढिंडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंडो बेच्न थालेको झण्डै ६ वर्षभयो । 

अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा हुनुहुन्छ । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन् । उहाँकोमा ढिँडो खानेको लाइन नै लाग्छ । 

स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्ने गरेका छन् । रु एक सय ५० मा माछा र ढिँडोको स्वाद थपिथपि खान पाइन्छ । 

“सिडियोदेखि मन्त्री, सांसद, कलाकारलगायत ढिंडो खान आउनुहुन्छ,” पुडाशैनीले भन्नुभयो । चैत २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’को निर्माण समूह मंगलबार यहाँ ढिँडोको स्वादमा रमायो । सुदामाको मकवानपुरे ढिँडो एउटा ब्राण्ड जस्तै बनेको छ । 

हेटौडा उपमहानगरपालिका–१ राप्ती खोलाको किनारमै छ ढिंडो पसल । ऐलानी एक कठ्ठा जग्गामा ६ वर्षदेखि पुडाशैनीले ढिँडो बनाएर बेच्दै आउनुभएको छ । उहाँले गाडी चलाउन छाडेर ढिंडो बेच्न थाल्नुभएको हो । साउदी गएर दुई वर्ष गाडी चलाएको पनि उहाँसँग अनुभव छ । “परिवासँग बसेर पेशा गर्न पाइएको छ, आम्दानी पनि राम्रै छ,” उहाँले भन्नुभयो । 

पुडाशैनीले मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । पहिला रु ५५ मा ढिँडो बिक्थ्यो । त्यो बेला माछा प्रतिकिलो रु १८० मा पाइन्थ्यो । अहिले त्यही माछा प्रतिकिलो रु ६०० मा पाइन्छ । “पहिले गाउँमा ढिंडो खाने चलन थियो, अहिले त्यो चलन घट्दै गएको छ, अहिले शहरमा ढिँडोमा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो । 

वडाले सिफारिस नदिएका कारण पुडाशैनीले पसल दर्ता गर्न पाउनुभएको छैन । उहाँको पसल ऐलानी जग्गामा रहेको छ । “कर तिर्छु भनेर दर्ता गर्न खोज्दा दिएन,” उहाँले भन्नुभयो । उहाँ सिमलटार टोल विकास संस्थामा आवद्ध हुनुहुन्छ । सो टोलमा एक हजार १०० घरधुरी रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु