२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा: बिडी कलेजमा अनिश्चितकालिन तालाबन्दी

२०७४, २४ माघ बुधबार १२:०५

राम नारायण पंडित/माघ २४, सिरहा । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले नियमित रुपमा पठनपाठनको माँग गर्दै आज (बुधबार) देखि कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । 

कलेज प्रमुख संजय कुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा संचालन गर्ने बताएपनि नआएपछि आकोशित बिद्यार्थीहरुले कलेजमा अनिश्चितकालिन तालाबन्दी गर्नुका साथै तोडफोड गरेका छन् । 


कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको बिद्यार्थी लक्ष्मेश्बर कापरले बताए ।

पठनपाठन लामो समयदेखि नियमित रुपमा संचालन नभएको भन्दै पटक– पटक कलेज प्रशासनलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएकोले बाध्य भएर  तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी अरबिन्द सहनीले बताए । 

कलेजका प्रमुख साहले एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरिरहकोले तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी रबिन साहले आरोप लगाए । 

आफुहरुले लामो समयदेखि कलेजको शैक्षिक, आर्थिक, ब्यबस्थापकीय सुधारको माँग गरेपनि कलेज प्रशासनले ध्यान नदिदा बाध्य भएर तालाबन्दी गर्नु परेको कलेजमा अध्ययरत बिद्यार्थीहरुको भनाई रहेका छन् । 


बिषयगत शिक्षक बिना नै आफुहरुलाई अध्ययन गर्न बाध्य बनाएको उनीहरुको आरोप रहेका छन् । कलेजले माँग पुरा नगरेसम्म तालाबन्दी जारी रहने बिद्यार्थी लक्ष्मेश्बर कापरले चेताबनी दिएका हुन् । 

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले बिद्यार्थीहरुको समस्या जायज रहेकोले आबश्यक समन्वय गरि निकास दिने बताए । कलेज प्रशासनले अटेरी गरे सम्बन्धित निकायसंग छलफल गरि समस्या समाधान गर्ने समेत नगर प्रमुख यादबले स्पष्ट गरे । 

कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि र बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको बिद्यार्थीहरुको आरोप रहेका छन् ।

प्रमुख साहको लापरवाहीको कारणले कलेजको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले यसअघि पनि तालाबन्दी गरेका थिए । यता, कलेज प्रमुख साहसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी