४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरमा इन्धन डिपो र हवाई अड्डा निर्माण हुन्छः प्रचण्ड

२५ पुष २०७२, शनिबार १०:४३

dang news (2)

सन्तोषकुमार गुप्ता । पुस २५, दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुलसीपुरमा इन्धन डिपो स्थापना र हवाइ सेवा नियमित हुने वताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षता र एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघले प्रचण्डलाई पाँच वुदे ज्ञापन पत्र पनि वुझाएको थियो । टरिगाउँ विमानस्थलमा नियमित विमान संचालनगर्न इन्धन डिपो स्थापना , धावनमार्ग विस्तारलाई महत्व दिइएको छ । त्यस्तै अमिलिया–तुलसीपुर, तुलसीपुर–रुकुम र तुलसीपुर हुँदै सुर्खेत जोड्ने सहयाक राजमार्गको स्तरवृद्धी, दाङ जिल्लालाई ५नम्वर प्रदेशको संघीय राजधानी वनाउनुपर्ने,दाङमा औद्योगिक क्षेत्र स्थापना र तुलसीपुरमा औद्योगिक सुरक्षावल स्थापनाहुनुपर्ने र स्थानिय निर्वाचन अविलम्व गराउन जस्ता मागहरु समेटिएको ज्ञापन पत्र पनि बुझाइएको थियो

तुलसीपुर उद्योग वाणिज्य संघले शनिवार टरिगाउँ एयरपोर्टमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मुख्य समस्याको रुपमा रहेको इन्धन डिपो स्थापनाले अब चाँडै पूर्णता पाउने वताएका हुन । ‘तुलसीपुरमा इन्धन डिपो स्थापना मुख्य समस्या रहेछ हवाई अड्डा अति आवश्यक र गंभिर समस्या रहेछ ।’ प्रचण्डले भने ‘ तुलसीपुरमा हवाई अड्डा नहुँदा सारै दुःख पाइयो, बाँके भएर आउनु प(यो, कार्यक्रममा निर्धा्रित समयमा आउन सकिएन ।’ बाँके आएदेखि नै तुलसीपुरको हवाई अड्डाको वारेमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर संग बढी चर्चा गर्दै आएको बताए । लोकेन्द्र जी मन्त्री हुँदा खेरी कालोपत्रे भएको टरिगाउँ विमान स्थलको विकासको लागि आफू लागिपर्ने वचनवद्धता पनि व्यक्त गरेका थिए । प्रचण्ड क्रान्तिकारी पत्रकार संघको तेस्रो जिल्ला सम्मेलनलाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता लोकेन्द्र विष्ट मगर दाङ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश