२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाओबादीको ५ नम्बर प्रदेशको बैचारीक राजनैतीक प्रशिक्षण दाङमा सुरु

२५ पुष २०७२, शनिबार १२:५०

सन्तोषकुमार गुप्ता । दाङ्ग २५ पुस । एकीकृत नेकपा माओबादी पाँच नम्बर प्रदेशको बैचारीक राजनैतीक प्रशिक्षण कार्यक्रम दाङको घोराहीमा सुरुभएको छ । घोराही स्थित गणेश चित्रालय हलमा आजबाट सुरुभएको प्रशिक्षण कार्यक्रम तीन दिन सम्म चल्ने भएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिब कृष्णबहादुर महरा, नेता लोकेन्द्र बिष्ट लगाएकता नेताहरुको उपस्थिती रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा थारुवान, अबध, मगरात क्षेत्रमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । प्रस्ताबित ५ नम्वर प्रदेशको प्रदेश समितिको बैठक तथा केन्द्रीय समितिले लिएका निर्णयहरुबारे नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उदेश्य र पार्टीलाई बलियो कसरी बनाउने भन्ने बिषयमा छलफल हुने माओबादीका जिल्ला उपाध्यक्ष निर्मल आचार्यले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा १४ जिल्लाका नेता तथा कार्यकर्ताहरु सहभागि भएका छन् । पछिल्लो समयमा पार्टी टुक्रिदै जानु र जनविश्वास समेत गुम्दै गएको अबस्थामा पार्टीलाई सुदृढ र बलियो कसरी बनाउने भन्ने बिषयमा व्यापक छलफल हुने सो पार्टीले जनाएको छ ।

साथै संबिधान जारी पछि उत्पन्न परिस्थीतीको निकास, संविधानको कार्यान्वयन, बिकास, शान्ति र शुसासनमा पार्टीको भुमिकाका बिषयमा पनि छलफल हुने माओबादीले जनाएको छ । प्रचण्डले आईतबार क्रान्तिकारी पत्रकार संघ दाङको जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य