२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारु पाँच सय र दुई हजार दरका नोट प्रतिबन्धित तर चल्तीमा

२०७४, २५ माघ बिहीबार ०१:२९

माघ २५, काठमाडौं । चिया व्यवसायी आनन्दकुमार मित्तल ८ माघमा विराटनगरबाट पक्राउ परे । 

प्रहरीले उनको साथबाट दुई हजार दरका चार सय २५ थान भारतीय रुपैयाँ बरामद गर्‍यो। ऋण तिर्न भारतमा बसोबास गर्ने आफन्तबाट मित्तलले पैसा सापट मागेका थिए। यो खबर श्रीधर खनालले आजको अन्नपूर्णबाट लिएका हौ।

राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा भारु साट्न जाँदा उनलाई ट्राफिक चोकबाट पक्राउ गरिएको थियो। प्रहरीसँगको बयानमा मित्तलले जग्गा कारोबारमा ऋण लागेका कारण आफन्तसँग सापटी लिएर रकम ल्याएको बताएका छन्।

मित्तल मात्र होइनन् पछिल्लो समय ठूला दरका भारतीय रुपैयाँसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। भारतमा मोदी सरकारले गत वर्ष कालो धन नियन्त्रण गर्न भन्दै पाँच सय र एक हजार दरका भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको थियो।

नेपालमा भएका प्रतिबन्धित भारतीय रुपैयाँ साट्ने विषयमा आनकानी गर्दै आएको भारतले प्रतिबन्धपछि कारोबारका लागि भन्दै पाँच सय र दुई हजार रुपैयाँको नोट बजारमा ल्याएको छ। ती नोट नेपालमा भने प्रयोगमा ल्याउन पाइँदैन।

नेपाल उद्योग संघ मोरङका सभापति मुकेश उपाध्याय सीमा क्षेत्रमा भारतीय पाँच सय र दुई हजार रुपैयाँको कारोबार भएको बताउँछन्। उनले भने, ‘बाटोमा लिएर हिँड्न पनि डर छ। यी नोटमा कारोबार नगरी सीमा क्षेत्रमा व्यापार हुँदैन।’

राष्ट्र बैंकले २३ असार ०७४ मा परिपत्र गरी भारतीय बजारमा चलन चल्तीमा रहेका पाँच सय र दुई हजारका नोटको कारोबार नेपालमा गर्न नपाइने स्पष्ट पारेको छ। प्रहरीले ठूला दरका भारतीय नोटसहित सर्वसाधारण पक्राउ गर्न थालेपछि बैंकले यस्तो परिपत्र जारी गरेको हो।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा सीमा क्षेत्रमा ठूला दरका भारतीय रुपैयाँ चलनचल्तीमा रहेको बताउँछन्। उनी भन्छन्, ‘व्यापारीले चलाउनै पर्ने भएर मात्र चलाएका छन्। एक जनाले २५ हजार भारतीय रुपैयाँ लिएर हिँड्न पाउने भए पनि एक सय दरको

रुपैयाँ लिएर हिँड्दा साढे दुई बन्डल बोक्नुपर्छ। त्यो बोक्न कठिन भयो। ठूला दरको बोक्दा प्रहरीले समात्ने डर छ।’ नेपालबाट भारत जानेले भारतीय एटीएमबाट पैसा निकाल्दै आएका छन्। औषधि उपचार, तीर्थ यात्राका लागि समेत भारतमा जाने नेपालीले भारतीय एटीएमबाट पैसा निकाल्ने गरेका छन्। त्यहाँको एटीएमले ठूला दरका नोट दिन्छ।

नेपाल इँटा उत्पादन संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार एटीएमबाट निकालेको रकम खर्च नभए बोकेर नेपाल आउँदा समातिने डर रहेको बताउँछन्।

उनले भने, ‘एक सय दरको नोटले काम गर्न सकिँदैन। पाँच सय र दुई हजारको नोट बोक्न पाइँदैन। यसले व्यवसायीलाई समस्यामा पारेको छ।’

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी शेखर पौडेल नेपालमा पाँच सय र दुई हजार दरको नोट चल्दैन भन्ने थाहा नपाएर धेरेले बोक्ने गरेको बताउँछन्।

उनी भन्छन्, ‘सानो सानो परिमाणमा भारु बोकेका मानिस अहिले पक्राउ पर्न थालेका छन्। पक्राउ पर्नेको संख्या बढी भए पनि पैसा कम भएकाले अरू गैरकानुनी कामका लागि पैसा आयो भन्न सकिने अवस्था छैन।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु