६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी अघि बढ्लान् देउवा: राजीनामा कि सत्ता हस्तान्तरण ?

२५ माघ २०७४, बिहीबार ०१:४२

माघ २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

निर्वाचन सम्पन्न भएपछि मात्रै सरकारको कार्यभार पूरा हुने बताउँदै आएका देउवाले नयाँ सरकार गठनको बाटो खोल्ने विषयमा छलफल सुरु गरेका हुन्। 

सत्ता हस्तान्तरण वा राजीनामाको विषयमा प्रधानमन्त्री चाँडै टुंगोमा पुग्ने उद्योगमन्त्रीसमेत रहेका कांग्रेस नेता मानबहादुर विश्वकर्मा बताउँछन्। केही दिनअगाडि मात्रै देउवाले राष्ट्रियसभा निर्वाचनलगत्तै राजीनामा दिने मनस्थितिमा रहेको बताएका थिए।

पछिल्लो समय उनी आफूनिकट नेता तथा कानुनविद्सँग निरन्तर छलफलमा रहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए। खाँणले भने, ‘उहाँ राजीनामाकै मुडमा हुनुहुन्छ तर अर्को विकल्प पनि उहाँसमक्ष पुगेको छ। 

त्यो भनेको निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिकहाँ पु¥याएपश्चात आफैंले प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने र नवनिर्वाचित प्रधानमन्त्रीलाई कुर्सी हस्तान्तर गरेर बिदा लिने’, उनले भने।

बिहीबार दिउँसोसम्ममा राष्ट्रियसभाको नतिजा आइसक्ने र साँझ नै निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधिसभाको समानुपातिक विजयी उम्मेदवारको सूची पठाउन पत्राचार गर्ने तयारी गरेको छ। 

आयोगको तयारीअनुसार फागुन १ सम्ममा समानुपातिकतर्फका विजयी उम्मेदवारको अन्तिम काम सकिइसक्छ। त्यसपछि आयोग फागुन ३ मा प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ।

राष्ट्रपतिले आयोगबाट प्रतनिधिसभाको सम्पूर्ण नतिजा पाएसँगै नयाँ प्रधानमन्त्री चयनप्रक्रिया अगाडि बढाउने छिन्। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले कानुनबमोजिम जे ठिक हुन्छ, त्यसैअनुसार अघि बढ्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताए।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नतिजा आएसँगै वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्। तर देउवाहित कांग्रेस नेताहरूले राष्ट्रियसभाको अड्को थापेपछि विवाद देखिएको थियो।

नेता खाँणले राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा बैठकका कारण केन्द्रीय शीर्ष नेता उपत्यकाबाहिर रहेकाले सबै फर्किएपछि निष्कर्षमा पुग्ने गरी छलफल हुने बताए। 

‘प्रधानमन्त्रीले यस सन्दर्भमा केही दिनअघि पार्टी बैठकमै कुरा राख्नुभएको थियो तर सार्थीहरूले राष्ट्रियसभा निर्वाचनसम्म पर्खन आग्रह गर्नुभएको हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने