2026-09-22 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनामा भर्ना प्रक्रिया ५ हजार परीक्षार्थी १८ मात्रै उत्तीर्ण

माघ २५, काठमाडौं । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस वर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन।

मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको भन्दै विभिन्न क्षेत्रबाट राज्य सञ्चालकमाथि प्रश्नचिह्न खडा गर्ने गरिएको छ। नेपाली सेनाले यस वर्ष भदौ २७ र पुस ९ गते १ सय ५० जना अधिकृत क्याडेटका लागि भर्ना आह्वान गरे पनि जम्मा ९ जना मात्रै सहायक सेनानीमा छानिएका छन्।

नेपाली सेनाको कार्यरथी विभागको भर्ना छनोट निर्देशनालयले दुईपटक रिक्त दरबन्दी पूर्तिका लागि भर्ना आह्वान गरेको थियो। दुवैपटक भर्नाका लागि ५ हजारभन्दा बढी परीक्षार्थी परीक्षामा सामेल भए पनि लिखित परीक्षामा जम्मा १८ जनाले मात्रै उत्तीर्ण गरेको सेनाको रेकर्डमा देखिन्छ। अन्य सुरक्षा निकायमा बेला–बेलामा हुने भर्ना छनोट आह्वान गर्दा सेनामा भन्दा कम सहभागीले दर्खास्त दिने गरेको पाइन्छ। 

अन्य सुरक्षा निकायले आवश्यक संख्या परीक्षामा सहभागीबाटै लिने गरेको पाइन्छ तर सेनामा भने मागेको संख्याको एक चौथाइ पनि उत्तीर्ण नभएपछि नेपाली सेनाले चिन्ता व्यक्त गर्न थालेको छ।

समावेशी सिद्धान्तलाई अंगीकार गरेको सेनाले यसपटक महिला १३, आदिवासी जनजाति २२, मधेसी १९, दलित १०, पीछडिएको क्षेत्र ३ र खुला ८३ का लागि भर्ना आह्वान गरेको थियो। 

सेनाले यसपटक एक जना महिलालाई पनि अधिकृत क्याडेट बनाउन सकेन भने आदिवासी जनजाति १ र मधेसी १ जनालाई मात्रै अधिकृत क्याडेट बनाउन सफल भएको छ।पटक–पटक भर्ना आह्वान गर्दा पनि चाहेको संख्यामा अधिकृत क्याडेट ल्याउन नसकेपछि सेनाले यसको कारण खोज्न शुरू गरेको छ।

अघि पनि अधिकृत क्याडेटका लागि आह्वान हुने भर्ना छनोटमा चाहिए जति संख्या नपुगे पनि अहिलेको जस्तो डरलाग्दो अवस्था यसअघि कहिल्यै नआएको उच्च सैनिक अधिकारीहरू बताउँछन्। नेपाली सेनाका पूर्वसहायक रथी डा. उमेशचन्द्र भट्टराई भन्नुहुन्छ– ‘यो राम्रो संकेत होइन, यसमा सबै पक्ष गम्भीर हुनुपर्ने अवस्था आएको छ। 

यसले नेपालको शिक्षा पद्धतिका बारेमा समेत १ पटक सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ।’ पूर्वसहायक रथी भट्टराई भन्नुहुन्छ– ‘पहिला पहिला नेपाली सेनाले मात्रै यस्तो परीक्षा लिने गरेको थियो तर अहिले परीक्षामा लोकसेवा आयोगसमेत सहभागी भएका कारण परीक्षा कठिन भएको हो कि त्यसतर्फ पनि ध्यान दिनु जरुरी छ।’

सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारी अहिलेको अवस्था आगामी दिनमा पनि कायम रहेमा सेनाले चाहेको बेला अधिकृत भर्ना गर्न कठिनाइ हुने विश्लेषण गर्नुहुन्छ। 

उहाँ थप्नुहुन्छ– ‘परीक्षामा सहभागीको संख्या उल्लेख्य रहँदारहँदै पनि पास हुने अधिकृत क्याडेटको संख्या ज्यादै न्यून रहेकाले त्यसको कारण खोज्ने बेला आएको छ।’

सेनामा अधिकृत क्याडेड खोजी गर्ने कार्यरथी विभागको भर्ना छनोट निर्देशनालयले वर्षभरि भर्ना आह्वान गरी रहने तर संख्या अपुग हुने अवस्था सिर्जना हुने हो भने अबका केही वर्षमा नेपाली सेनाभित्र असन्तुलन आउन सक्ने पूर्वसहायक रथी भट्टराई बताउनुहुन्छ। 

सेनामा विभिन्न पदमा रहेर काम गर्ने समयावधि हुने, उमेर हदका कारण अवकास पाउने भएपछि विभिन्न पद रिक्त हुने र रिक्त भएको पूर्ति गर्न सधैं धौ धौ पर्ने अवस्था सिर्जना हुने हो भने नेपाली सेनाको विश्वमा रहेको छविमा समेत आँच आउन सक्ने एक उच्च सैनिक अधिकारी बताउँछन्।

भर्ना हुन चाहनेको संख्या उल्लेख्य भए पनि परीक्षामा भने पास हुनेको संख्या नै कम हुनु भनेको नेपालको शिक्षा प्रणाली नै कमजोर र विद्यालयहरूले पढाउने पाठ्यक्रम सेनाले सञ्चालन गर्ने परीक्षामा मेल खाने खालको नभएको भन्दै सेनाले चिन्ता व्यक्त गर्न थालेको छ। -नेपाल समाचारपत्र दैनिकबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित