Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

स्नातकोत्तर तह सञ्चालनका लागि महायज्ञ

२०७४, २५ माघ बिहीबार ०५:५५

माघ २५, ताप्लेजुङ | ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले क्याम्पसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो । 

अर्थ संकलनका लागि जिल्लामा गरिएको यो पहिलो महायज्ञ हो । करिब रु दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्यका साथ शुरु भएको महायज्ञमा पहिलो दिन नै विभिन्न दाताले रु पाँच लाखभन्दा बढी दान गरेका छन् । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार ठेकदार जसबहादुर लिम्बूले रु एक लाख ५१ हजार, नेपाली काँग्रेस, ताप्लेजुङ–काठमाडाँै सम्पर्क समिति अध्यक्ष युवराज गुरुङले रु एक लाख ११ हजार र काँग्रेस ताप्लेजुङका नेता अमिर मादेनले रु एक लाख ११ हजार दिनुभएको छ । यस्तै, प्याब्सन ताप्लेजुङले रु एक लाख ११ हजार प्रदान गरेको प्याब्सनका कोषाध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । 

जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले एक महिनाको तलब उपलब्ध गराउनुभएको छ । क्याम्पस परिसरमा सञ्चालित महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ शुरु हुनुपूर्व बुधबार बिहान सदरमुकाम फुङलिङ बजारमा कलश यात्रा गरिएको थियो । विसं २०४७ मा स्थापना भएको यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायतर्फ स्नातक तह सम्मको पठनपाठन हुँदै आएको छ । यसै वर्षदेखि शिक्षा संकायतर्फ स्नातकोत्तर तहको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा यसअघि निवेदन गरिएको क्याम्पस प्रमुख मोहनकुमार राईले जानकारी दिनुभयो । 

महायज्ञबाट संकलित रकम भवन निर्माण, ई–लाइब्रेरी, विद्युतीय प्रविधि सेवा सञ्चालन र दक्ष जनशक्तिको व्यवस्थापनमा खर्च गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो । 

बर्षेनी यस क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरी ठूलो खर्चसहित जिल्लाबाहिर जानुपर्ने विद्यार्थीको वाध्यतालाई अन्त्य गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा सहभागी भई सहयोग गर्न सबैमा क्याम्पस प्रमुख राईले आग्रह गर्नुभएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ