२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

स्नातकोत्तर तह सञ्चालनका लागि महायज्ञ

२५ माघ २०७४, बिहीबार ०५:५५

माघ २५, ताप्लेजुङ | ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले क्याम्पसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो । 

अर्थ संकलनका लागि जिल्लामा गरिएको यो पहिलो महायज्ञ हो । करिब रु दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्यका साथ शुरु भएको महायज्ञमा पहिलो दिन नै विभिन्न दाताले रु पाँच लाखभन्दा बढी दान गरेका छन् । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार ठेकदार जसबहादुर लिम्बूले रु एक लाख ५१ हजार, नेपाली काँग्रेस, ताप्लेजुङ–काठमाडाँै सम्पर्क समिति अध्यक्ष युवराज गुरुङले रु एक लाख ११ हजार र काँग्रेस ताप्लेजुङका नेता अमिर मादेनले रु एक लाख ११ हजार दिनुभएको छ । यस्तै, प्याब्सन ताप्लेजुङले रु एक लाख ११ हजार प्रदान गरेको प्याब्सनका कोषाध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । 

जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले एक महिनाको तलब उपलब्ध गराउनुभएको छ । क्याम्पस परिसरमा सञ्चालित महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ शुरु हुनुपूर्व बुधबार बिहान सदरमुकाम फुङलिङ बजारमा कलश यात्रा गरिएको थियो । विसं २०४७ मा स्थापना भएको यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायतर्फ स्नातक तह सम्मको पठनपाठन हुँदै आएको छ । यसै वर्षदेखि शिक्षा संकायतर्फ स्नातकोत्तर तहको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा यसअघि निवेदन गरिएको क्याम्पस प्रमुख मोहनकुमार राईले जानकारी दिनुभयो । 

महायज्ञबाट संकलित रकम भवन निर्माण, ई–लाइब्रेरी, विद्युतीय प्रविधि सेवा सञ्चालन र दक्ष जनशक्तिको व्यवस्थापनमा खर्च गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो । 

बर्षेनी यस क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरी ठूलो खर्चसहित जिल्लाबाहिर जानुपर्ने विद्यार्थीको वाध्यतालाई अन्त्य गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा सहभागी भई सहयोग गर्न सबैमा क्याम्पस प्रमुख राईले आग्रह गर्नुभएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम