2026-07-24 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त: प्रचण्ड

dang-news-2

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त भएको बताउनु भएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघले आईतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले राजधानी बन्नका लागि आबस्यक पर्ने भुगोल, सुरक्षा, पूर्वाधार र संरचनाको दृष्टीले दाङ प्रादेशिक केन्द्र बन्न सक्ने क्षेत्रको रुपमा रहेको बताउनु भएको हो । रुकुम र सल्यानलाई पनि पाँच नम्बर प्रदेशमा राख्न आग्रह गर्दै संघले बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले यस प्रदेशका माओबादीको बैठक पनि दाङमै आयोजना गरिएको र पाँच नम्बरको प्रादेशिक राजधानी दाङमा बनाउन एकीकृत नेकपा माओबादी प्रतिबद्ध रहेको भन्दै फैसला जनताको अधिकार हुने बताउनु भयो ।

संघका अध्यक्ष हेमराज बन्जाडेले प्रचण्डलाई विभिन्न ८ बुँदामा मागहरु प्रस्तुत गर्नु भएको थियो । ज्ञापनपत्रमा घोराहीमा निर्माण थालिएको सभागृहका लागि पूर्ण बजेट माग, लमही–कोईलाबास सडक खण्ड, सहिद मार्ग निर्माण छिटो सम्पन्न गरिनुपर्ने, दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, टरिगाउँ बिमान स्थलमा ईन्धन डिपो स्थापना, घोराहीमा स्वीकृत भएको मेडिकल कलेजको छिटो थप कार्य अघि बढाउन पहल गर्नुपर्ने र उद्यमहरुको बिकासमा ठोस कार्यक्रम सञ्चालनगर्नुपर्ने सहितको बुँदाहरु उल्लेख छ ।

जवाफमा अध्यक्ष प्रचण्डले दाङको बिकासमा आफू गम्भिर र प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै सगँको सहकार्यबाट मागहरु पुरा गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले अग्रगामी संबिधान बनाए वापत नेपालीले नाकाबन्दी झेल्नु परेको भन्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग अहिलेको अपरिहार्यता भएको बताउनु भयो ।

कार्यक्रममा एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयनसँगै अब देशमा समग्र क्षेत्रको बिकास हुदै जाने बताउनु भयो । कार्यक्रमको सहजीकरण संघका महासचिब दिपक सुबेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक