२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त: प्रचण्ड

२७ पुष २०७२, सोमबार ०१:३३

dang-news-2

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त भएको बताउनु भएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघले आईतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले राजधानी बन्नका लागि आबस्यक पर्ने भुगोल, सुरक्षा, पूर्वाधार र संरचनाको दृष्टीले दाङ प्रादेशिक केन्द्र बन्न सक्ने क्षेत्रको रुपमा रहेको बताउनु भएको हो । रुकुम र सल्यानलाई पनि पाँच नम्बर प्रदेशमा राख्न आग्रह गर्दै संघले बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले यस प्रदेशका माओबादीको बैठक पनि दाङमै आयोजना गरिएको र पाँच नम्बरको प्रादेशिक राजधानी दाङमा बनाउन एकीकृत नेकपा माओबादी प्रतिबद्ध रहेको भन्दै फैसला जनताको अधिकार हुने बताउनु भयो ।

संघका अध्यक्ष हेमराज बन्जाडेले प्रचण्डलाई विभिन्न ८ बुँदामा मागहरु प्रस्तुत गर्नु भएको थियो । ज्ञापनपत्रमा घोराहीमा निर्माण थालिएको सभागृहका लागि पूर्ण बजेट माग, लमही–कोईलाबास सडक खण्ड, सहिद मार्ग निर्माण छिटो सम्पन्न गरिनुपर्ने, दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, टरिगाउँ बिमान स्थलमा ईन्धन डिपो स्थापना, घोराहीमा स्वीकृत भएको मेडिकल कलेजको छिटो थप कार्य अघि बढाउन पहल गर्नुपर्ने र उद्यमहरुको बिकासमा ठोस कार्यक्रम सञ्चालनगर्नुपर्ने सहितको बुँदाहरु उल्लेख छ ।

जवाफमा अध्यक्ष प्रचण्डले दाङको बिकासमा आफू गम्भिर र प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै सगँको सहकार्यबाट मागहरु पुरा गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले अग्रगामी संबिधान बनाए वापत नेपालीले नाकाबन्दी झेल्नु परेको भन्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग अहिलेको अपरिहार्यता भएको बताउनु भयो ।

कार्यक्रममा एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयनसँगै अब देशमा समग्र क्षेत्रको बिकास हुदै जाने बताउनु भयो । कार्यक्रमको सहजीकरण संघका महासचिब दिपक सुबेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य