२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहर हटाउने तयारी

२५ माघ २०७४, बिहीबार ०९:३०

माघ २५, म्याग्दी | म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ । 

चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । 

आधार शिविरमा वर्षौंदेखिको फोहर थुप्रो लागेर प्रदूषित बन्दै गएपछि यस वर्षदेखि गाउँपालिकाले आधार शिविरलाई स्वच्छ र सफा राख्न फोहर हटाउने अभियानको थालनी गर्न लागेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । “फोहरले आधार शिविरमा प्रदूषण बढेको गुनासो बढिरहेको छ, एकैपटक सबै फोहर हटाउन सक्ने अवस्था छैन, हिमालको फेदीमा थुप्रिएको फोहरको सही व्यवस्थापनको शुरुवात गर्न लागेका हाँै”– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । 

चालू आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिका कार्यालयले धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहर हटाउन रु आठ लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट मुदीको बगरमा रहेको राउण्ड धौलागिरि युवा क्लबसँग समन्वय गरी फोहर व्यवस्थापनको काम गरिने अध्यक्ष पुनले बताउनुभयो । यो वर्ष विनियोजित बजेट पर्याप्त नभए पनि यो थालनी मात्रै भएको र अन्य निकायसँग समेत समन्वय गरी फोहर व्यवस्थापनको काम अघि बढाइने गाउँपालिका कार्यालयले जनाएको छ । 

राउण्ड धौलागिरि युवा क्लबले गत वर्षसमेत आफ्नै नेतृत्वमा आधार शिविरको फोहर हटाउने काम गरेको थियो । क्लबले तीन पटकसम्म आधार शिविर क्षेत्रमै पुगेर त्यहाँ पुगेका पर्यटकको फोहर व्यवस्थापनमा सम्बन्धित ट्रेकिङ तथा आरोही कम्पनीका पथप्रदर्शकलाई सचेत गराएको थियो । क्लबले निरन्तर ताकेता गर्दासमेत पर्यटक लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीका गाइडले आधार शिविर क्षेत्रमा सही तवरले फोहर तह लगाउन आनाकानी गर्दै आएको अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गर्नु सकारात्मक रहेको क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो । 

अहिले आधार शिविरमा पर्यटक लैजाने पथप्रदर्शक अधिकांशले जल्ने र नजल्ने सबै फोहरलाई आगो लगाउने र यत्रतत्र पार्ने गरेर फर्कने गरेको पाइएको छ । थोरै मात्रामा इटाली आधार शिविर क्षेत्रमा ल्याएर फोहर बिसर्जन गर्न थालिए पनि पूर्णरुपमा आफ्नो फोहर व्यवस्थापन नगरी पर्यटक र उनका पथप्रदर्शक फर्कने गरेका छन् । 

पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिण्डर, भारी बोक्ने क्यारी, शिशी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिकलगायतको फोहर आधार शिविरमा थुप्रिएको छ । यस क्षेत्रमा हेलिकप्टरमार्फत पुर्याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो