Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहर हटाउने तयारी

२०७४, २५ माघ बिहीबार ०९:३०

माघ २५, म्याग्दी | म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ । 

चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । 

आधार शिविरमा वर्षौंदेखिको फोहर थुप्रो लागेर प्रदूषित बन्दै गएपछि यस वर्षदेखि गाउँपालिकाले आधार शिविरलाई स्वच्छ र सफा राख्न फोहर हटाउने अभियानको थालनी गर्न लागेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । “फोहरले आधार शिविरमा प्रदूषण बढेको गुनासो बढिरहेको छ, एकैपटक सबै फोहर हटाउन सक्ने अवस्था छैन, हिमालको फेदीमा थुप्रिएको फोहरको सही व्यवस्थापनको शुरुवात गर्न लागेका हाँै”– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । 

चालू आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिका कार्यालयले धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहर हटाउन रु आठ लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट मुदीको बगरमा रहेको राउण्ड धौलागिरि युवा क्लबसँग समन्वय गरी फोहर व्यवस्थापनको काम गरिने अध्यक्ष पुनले बताउनुभयो । यो वर्ष विनियोजित बजेट पर्याप्त नभए पनि यो थालनी मात्रै भएको र अन्य निकायसँग समेत समन्वय गरी फोहर व्यवस्थापनको काम अघि बढाइने गाउँपालिका कार्यालयले जनाएको छ । 

राउण्ड धौलागिरि युवा क्लबले गत वर्षसमेत आफ्नै नेतृत्वमा आधार शिविरको फोहर हटाउने काम गरेको थियो । क्लबले तीन पटकसम्म आधार शिविर क्षेत्रमै पुगेर त्यहाँ पुगेका पर्यटकको फोहर व्यवस्थापनमा सम्बन्धित ट्रेकिङ तथा आरोही कम्पनीका पथप्रदर्शकलाई सचेत गराएको थियो । क्लबले निरन्तर ताकेता गर्दासमेत पर्यटक लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीका गाइडले आधार शिविर क्षेत्रमा सही तवरले फोहर तह लगाउन आनाकानी गर्दै आएको अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गर्नु सकारात्मक रहेको क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो । 

अहिले आधार शिविरमा पर्यटक लैजाने पथप्रदर्शक अधिकांशले जल्ने र नजल्ने सबै फोहरलाई आगो लगाउने र यत्रतत्र पार्ने गरेर फर्कने गरेको पाइएको छ । थोरै मात्रामा इटाली आधार शिविर क्षेत्रमा ल्याएर फोहर बिसर्जन गर्न थालिए पनि पूर्णरुपमा आफ्नो फोहर व्यवस्थापन नगरी पर्यटक र उनका पथप्रदर्शक फर्कने गरेका छन् । 

पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिण्डर, भारी बोक्ने क्यारी, शिशी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिकलगायतको फोहर आधार शिविरमा थुप्रिएको छ । यस क्षेत्रमा हेलिकप्टरमार्फत पुर्याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित