२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा स्वास्थ्य बीमा दर्ता शुरु

२५ माघ २०७४, बिहीबार ०९:४३

माघ २५, बर्दिवास | महोत्तरीमा स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु भएको छ । 

आज बर्दिबासमा स्वास्थ्य बीमा बोर्डले आयोजन गरेको दत्र्ता शुभारम्भ समारोहमा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बर्दिवास–१ का ७४ वर्षीय लोकनाथ भट्टराईलाई स्वास्थ्य बीमा परिचयपत्र प्रदान गर्दै दर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो । 

कार्यक्रमको शुभारम्भ गर्दै पोखरेलले संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी अधिकारको व्यावहारिक प्रयोगमा स्वास्थ्य बीमा कार्यक्रमले सघाउ पुर्याउने बताउनुभयो । अहिले स्वास्थ्य क्षेत्रमा देखिएका गुणस्तर, पहुँच र व्ययभारको समस्यालाई स्वास्थ्य बीमा कार्यक्रमले सम्बोधन गर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा बर्दिबास–३ की स्वास्थ्य बीमा दर्ता सहयोगी रञ्जना राईले सोही वडाका बासिन्दा पोखरेललाई बीमा परिचयपत्र उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा जिल्लाकै ४ नं क्षेत्रका प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादव, २ नं प्रदेशबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्य शशिकला दाहाल, जिल्लाका प्रदेशसभा सदस्यहरु शारदा थापा, भरतप्रसाद साह र कौशलकुमार यादवले स्वास्थ्य बीमा कार्यक्रमले गरिब र विपन्न वर्गका नागरिक लाभान्वित हुने हुँदा कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा गुणराज लोहनीले अहिले बीमा दर्ता सञ्चालन भएका जिल्लाका बीमाकर्ताले २०७५ साल जेठ १ गतेदेखि नै स्वास्थ्य सेवा पाउने जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीय तहका १३८ वडामा आजैदेखि दर्ता सहयोगी कार्यकर्ता परिचालन गरिएको छ । जिल्लाका स्वास्थ्य बीमा परिचयपत्रवाहकले महोत्तरीका बर्दिबास अस्पताल, जलेश्वर अस्पताल, गौशाला र रागोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र तथा धनुषाको जनकपुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामध्ये स्वेच्छिक रुपमा कुनै एकबाट उपचार सेवा लिन सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य