2026-10-29 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पूर्ण सरसफाइ नहुँदा फोहोरको ड्ङगुर बन्दै डोल्पा

टेकबहादुर शाही/माघ २५, डोल्पा । कर्णालीको तेस्रो र नेपालकै ४२ औँ जिल्लाको रुपमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भै सकेको छ । 

गएको कार्तिक ९ गते डोल्पा जिल्लाइ नेपालकै ४२ औँ जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो । 

सन २०१७ भित्र नेपाललाइ खला दिशामूक्त देश घोषणा गर्ने लक्ष्य अनरुप डोल्पालाइ घोषणा गरियो । जिल्लालाइ खुला दिशामूक्त घोषणा गर्ने बेलामा पूर्ण सरसफाइका कामहरु तिव्र पार्ने भन्दै घोषणा गरेको ३ महिना बिति सक्दा पनि पूर्ण सरसफाइका कुनै पनि क्रियाकलापहरु हुन सकेका छैनन । 

जिल्ला खुला दिशामुक्त घोषणा पछि पूर्ण सरसफाइका क्रियाकलापहरु नहुदा डोल्पाको सदरमुकाम दुनै फोहोरको ड्ङगुर भएको छ । भेरि नदिको किनारमा रहेको दुनैमा बाक्लो बस्तिको ढल भेरिमा मिसाउने गरे पछि भेरि पूरै दुर्गन्धीत भएको स्थानिय अर्जुन हिराचन बताउछन । 

उनका अनुसार जिल्ला खानेपनि सरसफाइ तथा स्वच्छता समन्वय समितिले हतार मै घोषणा ग¥यो दुनै बजार र भेरिको अबस्था झन फोहोरको ड्ङगुर हुदै गएको छ उनले भने । 

साघुरो बजार र होटेल,किराना पसल र फेन्सी पसलबाट दैनिक सयौं केजि फोहोर भरिमा फाल्ने गर्दा भेरि नदि झनै फोहोरको ड्ङगुर भएको योगेन्द्र बुढाले बताए । उनका अनुसार बजार तथा होटेलबाट निष्कने फोहोर ब्वस्थपनको लागि स्थानिय सरकारले फोहोर ब्यवस्थापन केन्द्रको ब्यवस्था गर्नु पर्ने सझाब दिए । 

“सौचालयका ढल सिधै भेरिमा”

सदरमुकम दुनैमा नै ४० भन्दा धेरै घरले भेरिमा सौचालयको ढल मिसाएका छन । अधिकांश धनि र कर्मचारिहरुका घरबाट नै भेरिमा सौचालयका ढल मिसाएको (डिवाससीसी)को दावी छ । पूर्ण सरसफाइका क्रियाकलाप स्थानिय सरकारले गर्ने (डिवाससीसी) को भनाइ छ । तर उता स्थानिय तहमा भने कर्मचारि बिहिन भए पछि कस्ले जवाफ दिने र कस्ले कार्यान्वयन गर्ने भन्ने कुनै पनि टुङगो छैन ।

सदरमुकामकै अबस्था दयनिय भए पछि गाँउगाँउको अबस्था झन भन्न नसकिने अबस्थामा रहेको नागरिकहरु बताउछन । स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा काम गर्ने दर्जनौ संघसँस्था र सरकारी निकाय भए पनि डोल्पाको अबस्था सरसफाइमा जिल्ला खुला दिशामूक्त पछि झनै खस्किदै गएको बुद्धिजीविहरु बताउछन । 

साबिकको २३ गाविस र हालको २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानीय तह रहेको डोल्पा जिल्लामा सरसफाइको अबस्था निकै कम्जोर अबस्थामा रहेको पाइन्छ । खुला दिशामूक्त जिल्ला घोषणा गर्नको लागि मापदण्ड पूरा नभएको भनेर स्थानीयहरुले बिरोध गर्दैगर्दा पनि (डिवाससीसी)ले कार्तिक ९ मा घोषणा गरेको थियो । 

“सरकारी कर्मचारिको घरमा नै सौचालय छैन” 

सौचालय बनाउन अल्छी गर्ने अरुको सौचालय प्रयोग गर्ने अधिकाँश नेपाल सरकारका कर्मचारिहरु नै रहेको जिल्लामा काम गर्ने गैर सरकारि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सर्वसाधारण नागरिकले सौचालय निमार्ण गरेका छन र धेरै जसो प्रयोगमा पनि छन । तर धनि बर्गमा गनिने र कर्मचारि वर्गका ब्यक्तिको घरमा नै सौचालय छैनन र भएका पनि अब्यवस्थित छन । 

भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा अहिले पनि करिव ३० प्रतिशत घरमा सौचालय छैनन । त्यसै गरि करिव २० प्रतिशतले भएका सौचालय पनि प्रयोग गर्दैनन र बाकी घरधुरिले चर्पि प्रयोग गरे पनि ब्यवस्थित सौचालय भने छैनन ।

एक बर्षमा बजारको छेउमै बगेको भेरि नदिको पानि अञ्जुली हालेर खाने बनाउने प्रतिबद्धता जनाएका ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाही आफै गुमनाम भएका छन । 

स्थानीय तहले सुन्दर सदरमुकाम दुनै बनाउने र पर्यटकको गन्तब्य बनाउने भने पनि स्थानीय तह नै सुस्ताए पछि भेरि नदिले फोहोरको ड्ङगुर भएर थेगी रहेको छ । जिल्लामा अहिले पनि हेर्ने हो भने सौचालय नबनाएका अधिकांश दलित घरपरिवार नै भएको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम