२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एक नवविवाहित जोडीले बिहेको दक्षिणा मानव सेवा आश्रमलाई दिए

२०७४, २५ माघ बिहीबार १०:४९

माघ २५, चितवन | स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ । 

भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ आज वैवाहिक बन्धनमा बाँधिनुभएपछि आफ्ना नजिकका नातेदारबाहेक साथीभाइ, इष्टमित्रबाट प्राप्त रु तीन लाख ३७ हजार ६४० उक्त आश्रमका संयोजक रुपा केसीलाई उपलब्ध गराउनुभएको हो । 

केसीले विभिन्न मनकारीहरुको सहयोगमा आश्रमका असहायको पालनपोषण, संरक्षण स्वास्थ्योपचार चलिरहेको भन्दै यसरी सहयोग गर्नुभएकामा गुरुङ परिवारलाई धन्यवाद दिनुभयो । 

सोनियाका बुबा हिमाल गुरुङले आश्रममा रहेका भाइ बहिनीले सडकमा बेवारिसे भएका अशक्त मनोरोगी बुबाआमालाई उद्धार गरी हेरचाह गर्नु महत्वपूर्ण कार्य भएकाले सहयोग गरिएको उहाँले बताउनुभयो । छोरी ज्वाइँ आएका बेला आश्रमको भ्रमणसमेत गराएर वास्तविकता बुझाउने उहाँको योजना छ । 

चितवन आश्रममा सडकबाट ल्याइएका यस्ता असहाय तथा मनोरोगी ५० जना छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण