Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा: सरकारी कर्मचारीलाई ठगी मुद्दामा ६ महिना कैद सजाय

२०७४, २५ माघ बिहीबार १३:१७

पूर्णप्रसाद न्यौपाने/माघ २६, ओखलढुंगा । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र २० हजार रुपैंया जरीवना हुने फैसला गरेको छ ।

महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ गफलतमा पारी ठगि गरेको ठहर गर्दै जिल्ला न्यायधीश कैलाश केशीको इजलाशले उक्त फैसला गरेको हो ।

सेवा केन्द्रमा कार्यरत रहँदा अलैचि खेति गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि कृषि वन तथा वातारण समितिबाट १० हजार, तरकारी खेति गर्न  योजना पारि दिने बहानामा विभिन्न व्यक्तिसँग २ हजारका दरले १० हजार समेत गरी २० हजार रकम लिएको देखिएकाले मुलुकी ऐन ठगी महलको ४ नम्बर अनुसार ६ महिना कैद र विगो अनुसार जरीवाना हुने फैसला भएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।

महतोले आफु कार्यालय प्रमुख भएको समयमा शान्तबहादुर तामाङसँग २ हजार, अर्जुन वस्नेतसँग २ हजार, सोमबहादुर तामाङसँग २ हजार र मानबहादुर खड्कासँग ४ हजार र तत्कालीन रावादोलु कृषि वन तथा वातावरण समितिबाट १० हजार गरी २० हजार रकम असुलेका थिए ।

कृषकहरुले आफुहरुलाई धोका दिइ गफलतमा पारी ठगि गरेको भन्दै ०७३ भदौ २१ गते ठगी मुद्दा  गरेका थिए । जिल्ला अदालत ओखलढुंगाले सो मुद्दामा सुनुवाइ गर्दै माघ १७ गते उक्त फैसला गरेको थियो । महतो हाल सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश