२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हाम्रो बचतको आठौँ बार्षिक साधारणसभा सम्पन्न

२०७२, २७ पुष सोमबार ०५:५४

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । लालमटिया—५ स्थीत हाम्रो बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारणसभा शनिबार देउखुरीको मौरीघाटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सह—सचिव डम्मरबहादुर जिसीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमनारायण भुसालले आर्थिक बर्ष २०७१÷०७२ को ५६ लाख ८१ हजार ९ सय ३७ रुपैयाँ ९० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका शेयर सदस्य इन्द्प्रसाद चौधरकिो स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा बोल्ने बक्ताहरुले बैंक सम्मका पहुच नभएका आमनागरिकहरुका लागि सहकारी बरदानको रुपमा सावित भएको बताउका थिए । सहकारी संस्थाकै कारण समान्य नागरिकहरु पनि पछिल्लो समयमा उद्यमी बन्न भएको बताएका थिए ।

सो अवसरमा उत्कृष्ट बाल बचतकर्ता पुष्कर रिजाल, असल ऋणी तिलकराम बली र असल मासिक बचतकर्ता जीवराज शर्मालाई सम्मान समेत गरेको थियो । साधारणसभामा हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सचिव हिमानन्द पाण्डे, भिकृटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी गौरा सारुमगर, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कार्य समिती सदस्य बीरबहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली