२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

खस्किदै रुद्राक्षको ब्यापार

१५ आश्विन २०७२, शुक्रबार ०४:०७

योगेन्द्र जोगी, असोज १५,
संखुवासभा ।
गत बर्ष यतिबेला ३ चरण रुद्राक्ष विक्रि गरिसकेका ब्यावसायी सन्तोष कुलुङले यस
बर्ष हाल सम्म एकै पटक पनि विक्री गरेका छैनन् । त्यस्तै गत बर्ष नै यती बेला सम्म ३ चरण रुद्राक्ष
विक्रि गरिसकेका अर्का ब्यावसायी सुरज गौतमले पनि हाल सम्म रुद्राक्ष विक्रि नभएको बताए । उनीहरु मात्रै
होईन संखुवासभाका अधिकांस रुद्राक्ष ब्यावसायीहरुले गत बर्षको तुलनामा यस बर्ष कम किनबेच गरिरहेका छन् ।
रुद्राक्ष विक्रि नहुनुमा गत बर्ष जस्तो नेपाल बाहिर रुद्राक्ष विक्रि नहुन मुख्य कारण रहेको
ब्यावसायीहरुले बताएका छन् ।

rudrachhe
हाल सम्म गत बर्षको तुलनामा नेपाल बाहिरका ब्यापारीहरु निक्कै कम आएको रुद्राक्ष ब्यावसायी
सन्तोष कुलुङले बताए । अन्य ब्यावसायीहरुको चहलपहल कम रहेकोले आफुहरुले पनि रुद्राक्ष किन्दा गुणस्तरलाई
बढि ध्यान दिने गरेको उनले बताए ।
पछिल्लो समय रुद्राक्षको निर्यात सन्तोषजनक नभएकोले लगानी गर्न
डराएको अर्का ब्यावसायी सुरज गौतमको भनाइ छ । ‘पैसा पनि तयार छ, तर रुद्रक्ष किन्न डर लाग्छ’, ब्यावसायी
गौतमले भने । केहि चिनियाँ ब्यावसायीले खरिद गर्न खोजे पनि निक्कै राम्रो गुणस्तरको मात्र लिन खोजेको
उनले बताए। ‘रुद्राक्ष किन्छु भनेर केहि चिनियाँ आए, एक किलोग्राम हेरौँ भनेर दिएको त पानीमा डुबाएपछि
डुबेको मात्र लान्छौँ भन्न थाले’ उनले थपे ।

यस बर्ष चिनियाँ
ब्यावसायीहरुले बढि गुणस्तरलाई महत्व दिएपनि अन्य देशका ब्यावसायीले भने सामान्य गुणस्तरको समेत लिने
विश्वास रहेको गौतमले बताए। खाँदवारीका अर्का रुद्राक्ष ब्यावसायी कुमार अनुरागीका अनुसार गत बर्षको
रुद्राक्ष नै अझै स्टक रहेकोले पनि रुद्राक्ष विक्रि हुन नसकेको हो । उनले भने , ‘स्थानिय
ब्यावसायीहरुसँग मात्र नभएर काठ्माण्डौका ठुला ब्यापारीहरुसँग समेत गत बर्षकै सामान स्टकमा छ, त्यहि
भएरपनि रुद्राक्ष विक्री नभएको हो ।’ यो बर्ष रुद्राक्षको मुल्य गत सालको भन्दा निक्कै कम रहेको समेत
उनले बताए ।
‘पोहोर ८ मुखे करिब १० हजारमा बिक्रि हुन्थ्यो अहिले ३ हजारमा समेत किन्न मान्दैनन्’
अनुरागीले भने । यस बर्ष रुद्राक्षको मुख भन्दा पनि आकारलाई बढि प्राथमिकता दिईएको रुद्राक्ष
ब्यावसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने