2026-09-19 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

तीन मोटरसाइकलसहित चोर पक्राउ

माघ २६, विराटनगर | चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ |

पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्नुभएको हो । 

मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङणबाट चोरी भएको को ५प ९६०५ नं को मोटरसाइकलमा को ५ प १२४२ नक्कली नम्बर राखि चलाउँदै आएको अवस्थामा र माघ १९ गते स्थानीय जैन भवन अगाडि पार्किङ गरिराखिएको अवस्थामा चोरी भएको को २३ प ८८५ नं को मोटरसाइकल लुकाइ राखेको अवस्थामा प्रहरीले फेला परेको बताउनुभयो । 

पक्राउ गरिएका अभियुक्त विरुद्ध चोरीको मुद्दा दर्ता गराएर म्याद थप गरिएको प्रहरी उपरीक्षक विसीले जानकारी दिनुभयो । बरामद भएको दुई मोटरसाइकलका धनी सम्पर्कमा आए पनि अन्य एक मोटरसाइकलका धनी सम्पर्कमा नआएको उहाँले बताउनुभयो । 

हालसम्म विभिन्न ठाउँबाट ५२ वटा मोटरसाइकल चोरी भएकोमा ६ वटा बरामद गरिएको र १२ जना अभियुक्तलाई पक्राउ गरी कारबाही चलाइएको पनि प्रहरीले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता