२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मैत्रिपुर्ण भलिवलको उपाधि एन प्याव्सन दाङलाई

२७ पुष २०७२, सोमबार १२:४२

volleyball dang

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । दाङको तुलसीपुरमा भएको मैत्रिपुर्ण भलिवल प्रतियोगिताको उपाधि आयोजक एन प्याव्सन दाङले जितेको छ । एन प्याव्सनको १९ औ स्थापना दिवसको अवसर पारि एन प्याव्सन दाङले तुलसीपुरका अरनिको मैदानमा आयोजना गरेको प्याव्सन र एन प्याव्सन बिचकोे मैत्रि पुर्ण भलिवल प्रतियोगितामा प्याव्सन दाङलाई पराजित गर्दै एन प्याव्सन विजयी भएको हो । प्रतियोगितामा प्याव्सन दाङलाई २६–१६ , २५–२० र २५–१९ को सोझो सेटमा पराजित गर्दै एनप्याव्सन विजयी भएको हो ।

निजी बिद्यालयका छाता संस्था बिच एक आपसमा मित्रता स्थापित गर्ने उदेश्यले आयोजना गरिएको मैत्रिपुर्ण भलिवल प्रतियोगिताको उदघाटन कार्यक्रमका बोल्ने बक्ताहरुले जिल्लाका शैक्षिक मुद्धाहरुमा दुवै संस्था एक भएर अगाडि वढनु पर्नेमा जोड दिएका थिए । एन प्याव्सन दाङका अध्यक्ष प्रकाश कुमार शर्माको अध्यक्षता , एन प्याव्सनका केन्द्रिय सचिव सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यता एव विद्यालय निरिक्षक नारायण प्रसाद पौडलेको बिशिष्ट आतित्थ्यतामा भएको प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै केन्द्रिय सचिव डागिले जिल्लाका शैक्षिक मुद्धाहरुमा प्याव्सन र एन प्याव्सन एक हुनु पर्ने बताउनु भयो ।

उहाँले दुवै संस्थाको एउटै उदेश्य रहेको भन्दै जिल्लमा हुने शैक्षिक मुद्धाहरुमा एक भएर अगाडि बढनु पर्ने बताउन भयो । उदघाटन कार्यक्रममा एन प्याव्सनका केन्द्रीय सदस्य प्रेम नेपाली , दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डागि , प्याव्सन दाङका सल्लाहकार लम्वोदर लामिछाने , सचिव मधुसुदन केसी लगाएतकाले स्थापना दिवसको शुभकामना दिनु भएको थियो। प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउने गरेको एन प्याव्सनले यसवर्ष भने बिद्यालयहरुमा परिक्षा संचालन भई रहेको भन्दै

प्याव्सन र एन प्याव्सनका पदाधिकारिहरुका बिचमा मैत्रि पुर्ण भलिवल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितका बिजयी खेलाडिहरु लाई प्रमाण पत्र, मेडल तथा ट्रफि प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण एन प्याव्सन दाङका सचिव बिमल गौतमले गर्नु भएको थियो ।

dang volleyball news

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य