माघ २७, काठमाडौँ । प्रदेश ३ का सांसदलाई स्थायी रूपमा घर निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने भएको छ।
शुक्रबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै किस्तामा उपलब्ध गराइने भएको छ । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै किस्तामा उपलब्ध गराइने भएको छ ।
करिब सरकारी दरकै रकम लिएर घडेरी दिने निर्णय गरिएको मेयर हरिबहादुर महतले बताए । वडा–८ कमानेमा नगर विकासको स्वामित्वमा करिब ७ बिघा जमिन छ ।
‘जिल्ला बाहिरकासांसदलाई कम्तीमा १० धुर जमिन उपलब्ध गराउने निर्णय गरेका छौं,’ मेयर महतले भने । ५ वर्षको अवधिमा सांसदहरूले हेटौंडामै निवास बनाउन सकुन् भनेर सहुलियत दरमा घडेरीउपलब्ध गराउन लागेको नगर विकास समितिले जनाएको छ।
अध्यक्ष राजीव सुवेदीकोअध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले ५ वर्षभित्र रकम भुक्तानीको समयसीमा तोकेको छ, कान्तिपुरमा खबर छ ।