पुस २८, दाङ । तुलसीपुर ५ ‘ख’लाइनमा रहेको विद्युत ट्रान्सफर्मरमा मंगलवार विहान आगो लागेको छ ।
रतननाथ मन्दिर नजिक रहेको ढाई सय केभिएको ट्रान्सफर्मरमा आकस्मिक आगो लाग्दा झन्डै तीन लाख जतिको क्षति भएको विद्युत प्राधिकरण तुलसीपुरले जनाएको छ । विहान ८ बजेतिर उक्त ट्रान्समर्फरमा आफसेआफ आगो लागेको थियो । ट्रान्सफर्मरमा आगो लागेपछि तुलसीपुर बजारको ‘ख’लाईन र ‘घ’लाई विद्युत विहिन भएका छन् ।