2026-07-05 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ५ मा मुख्यमन्त्री छनोट गर्ने तयारी, सम्भावना कसको ?

भरत केसी | माघ २७, बुटवल (रासस) | राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशमा सरकार गठनको तयारी शुरु भएको छ । संविधान कार्यान्वयनको चरणमा ५ नं प्रदेशमा मुलुककै पहिलो मुख्यमन्त्री यस प्रदेशबाट चयन गर्ने तयारी भएको छ । प्रदेशको मुख्यमन्त्री चयन तथा मुख्यमन्त्रीको शपथ कार्यक्रमलाई प्रभावकारी कसरी बनाउने विषयमा आज एमाले नेतृत्वले प्रदेश प्रमुखसँग छलफल गरेको छ । 

एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको नेतृत्वमा पुगेको टोलीले प्रदेश प्रमुखसँग छलफल गरेको थियो । प्रदेश प्रमुखको छलफलपछि नेता पौडेलले आइतबार एमाले माओवादी संसदीय दलले औपचारिक रुपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी प्रस्तुत गरी पत्र बुझाएपछि सम्भवतः तत्कालै अर्थात् सोमबारसम्म मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना रहेको जानकारी दिनुभयो । 

प्रदेश प्रमुखसँगको छलफलमा नेता पौडेलसहित एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल, एमाले केन्द्रीय सदस्य लीला गिरी, संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठलगायत ५ नं प्रदेशका प्रदेश मुख्य सचिव शंकर पाठकसमेत हुनुहुन्थ्यो । 

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्रीको शपथ कार्यक्रमलाई प्रभावकारी रुपमा जनताको पहुँचमा पुर्याउने विषयमा छलफल हुँदा प्रदेश प्रमुखको निवास परिसर बाहिर कार्यक्रम आयोजना गर्ने टुंगो लगाइएको बताउनुभयो । मुख्यमन्त्रीको शपथसँगै तीन सदस्यीय सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत भएको उहाँले जानकारी दिनुभयो । 

संविधानतः निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले बहुमत प्राप्त ठूलो दललाई सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था रहेको छ । 

एमाले प्रमुख सचेतक ढकालका अनुसार माओवादी केन्द्रको आइतबारको बैठकले संसदीय दलको नेता चयनको निर्णय गरेपछि दुवै दलका संसदीय दलका नेताले संयुक्त रुपमा पत्र बुझाउने छन् । 

यस प्रदेशमा कूल ८७ जना प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना सदस्य रहेका छन् । एमाले–माओवादी गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने टुंगो लागिसकेको छ । सोहीअनुसार एमाले प्रदेश संसदीय दलले मुख्यमन्त्रीका लागि पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिसकेको छ । 

तर, प्रदेशमा प्रमुख विपक्षी नेपाली काँग्रेस प्रदेशले भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । यस प्रदेशमा नेपाली काँग्रेसबाट संसदीय दलको नेताका रुपमा दाङका डिल्ली चौधरी, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, रुपन्देहीका अष्टभुजा पाठक, पाल्पाका पार्टी सभापति वीरबहादुर रानालगायत आकांक्षी देखिएका छन् । 

माओवादी केन्द्रमा पनि संसदीय दलको नेताका लागि आकांक्षी धेरै भए पनि रोल्पाका कुलप्रसाद केसीको सम्भावना प्रवल देखिएको छ । उहाँ संसदीय दलको नेता चयन भएपछि यस प्रदेशमा समाभुख पाएको माओवादी केन्द्रले गुल्मीका सुदर्शन बराललाई अगाडि सार्ने बताइएको छ । 

कानूनतः सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्ने छ । प्रदेश नं ५ ले ९ भन्दा नबढ्ने गरी मन्त्रिमण्डल बनाउने तयारीमा एमाले–माओवादी गठबन्धनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै