Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चटपटे बेचेर नगन्य आम्दानी

By साझासवाल

chatpateयोगेन्द्र जोगी ।  संखुवासभा, १६ असोज। संखुवासभाका दिनहुँ युवाहरू विदेशीने क्रम
बढ्दै गएको छ । तर यहाँ यस्ता पनि युवायुवतीहरु छन् जो दिनहुँ श्रम गरेर बर्से्नि लाखौँ रुपैयाँ आम्दानी
गरी परिवारको लालनपालन गर्दै आएका छन् । यस्तै युवती मध्येका हुन् तराईबाट संखुवासभा आएर चटपटे बेच्ने
महिना पुनम चौधरी । चौधरीले चना चटपटे बेचेरै १ जनाको परिवार चलाउँदै आएकी छिन्। सानै उमेरदेखि चना
चटपटे बनाएर बेच्ने पेशा सुरु गरेकी चौधरीले अहिले सोही पेशाबाट परिवारको गुजारा चलाउनुको साथै १ जना
छोरालाई निजी विद्यालयमा पढाउँदै आएकी छिन् ।

उनी भन्छिन , “कम
पुँजीमा पनि राम्रो परिश्रम गर्न सके नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने आफूले जीवनमा अनुभव
गरेको छु ।” आफैले व्यावसायिक रूपमा चना चटपटे बेचेर अहिले सम्ममा रु १० लाख भन्दा बढी पुँजी तयार
गरिसकेको उनी बताउछिन् । विगत केहि वर्षदेखि चना चटपटे बेच्ने पेशा सुरु गरेकी उनले अहिले सो पेशा गरेर
दैनिक एक हजार देखि १५०० रुपैयाँसम्म कमाउने गरेको र त्यही कमाइबाट परिवारलाई पाल्दै आएको बताइन । पैदल
हिँडेर व्यवसाय सुरु गरेको र चना चटपटे बेचेर मोटरसाइकल खरिद गरी व्यवसायीलाई निरन्तरता दिँदै आएको उनका
श्रीमानले बताए ।

साधारण लेखपढ मात्र गर्न जानेकी चौधरीले आफूले
पढ्न नपाएपनि छोरालाई राम्रो शिक्षा दिलाएर असल मान्छे बनाउने लक्ष्य राखेको बताइन ।सुरुसुरुका दिनमा
परिवारका सदस्यहरूबाट सहयोग नपाएपनि आफू परिश्रम गरेर राम्रो आम्दानी गर्न थालेपछि परिवारको सदस्यहरूबाट
समेत सम्मान पाउन थालेकोमा खुशी ब्यक्त गरिन् ।

हाम्रो देश
नेपालमा कमाउनका लागि सयौ महिला विदेशीएको सम्झिदै उनी भन्छिन, “गाउँका साथीहरूले विदेशमा जति कमाउछन्,
त्यो भन्दा बढी आफू गाउँ नेपालमै बसेर कमाइरहेको छु ।” परिश्रम कष्टपूर्ण हुन्छ तर त्यसको फल मिठो हुन्छ
भन्ने कुरा आफ्नो जीवनबाट सिकेको उनी बताउछिन्। सीप भएर मिहिनेत गर्नेलाई सबैले सम्मान गर्दाै रहेछ,
त्यसैले परिश्रमी भएर काम गरिरहेकी छु खुशी हुँदै उनी भन्छिन – “काम गर्नेलाई जहाँ पनि सम्मान र पैसा छ,
नगर्नेलाई कहि छैन् सम्मान र कमाई ।”