३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चटपटे बेचेर नगन्य आम्दानी

१५ आश्विन २०७२, शुक्रबार २१:२८

chatpateयोगेन्द्र जोगी ।  संखुवासभा, १६ असोज। संखुवासभाका दिनहुँ युवाहरू विदेशीने क्रम
बढ्दै गएको छ । तर यहाँ यस्ता पनि युवायुवतीहरु छन् जो दिनहुँ श्रम गरेर बर्से्नि लाखौँ रुपैयाँ आम्दानी
गरी परिवारको लालनपालन गर्दै आएका छन् । यस्तै युवती मध्येका हुन् तराईबाट संखुवासभा आएर चटपटे बेच्ने
महिना पुनम चौधरी । चौधरीले चना चटपटे बेचेरै १ जनाको परिवार चलाउँदै आएकी छिन्। सानै उमेरदेखि चना
चटपटे बनाएर बेच्ने पेशा सुरु गरेकी चौधरीले अहिले सोही पेशाबाट परिवारको गुजारा चलाउनुको साथै १ जना
छोरालाई निजी विद्यालयमा पढाउँदै आएकी छिन् ।

उनी भन्छिन , “कम
पुँजीमा पनि राम्रो परिश्रम गर्न सके नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने आफूले जीवनमा अनुभव
गरेको छु ।” आफैले व्यावसायिक रूपमा चना चटपटे बेचेर अहिले सम्ममा रु १० लाख भन्दा बढी पुँजी तयार
गरिसकेको उनी बताउछिन् । विगत केहि वर्षदेखि चना चटपटे बेच्ने पेशा सुरु गरेकी उनले अहिले सो पेशा गरेर
दैनिक एक हजार देखि १५०० रुपैयाँसम्म कमाउने गरेको र त्यही कमाइबाट परिवारलाई पाल्दै आएको बताइन । पैदल
हिँडेर व्यवसाय सुरु गरेको र चना चटपटे बेचेर मोटरसाइकल खरिद गरी व्यवसायीलाई निरन्तरता दिँदै आएको उनका
श्रीमानले बताए ।

साधारण लेखपढ मात्र गर्न जानेकी चौधरीले आफूले
पढ्न नपाएपनि छोरालाई राम्रो शिक्षा दिलाएर असल मान्छे बनाउने लक्ष्य राखेको बताइन ।सुरुसुरुका दिनमा
परिवारका सदस्यहरूबाट सहयोग नपाएपनि आफू परिश्रम गरेर राम्रो आम्दानी गर्न थालेपछि परिवारको सदस्यहरूबाट
समेत सम्मान पाउन थालेकोमा खुशी ब्यक्त गरिन् ।

हाम्रो देश
नेपालमा कमाउनका लागि सयौ महिला विदेशीएको सम्झिदै उनी भन्छिन, “गाउँका साथीहरूले विदेशमा जति कमाउछन्,
त्यो भन्दा बढी आफू गाउँ नेपालमै बसेर कमाइरहेको छु ।” परिश्रम कष्टपूर्ण हुन्छ तर त्यसको फल मिठो हुन्छ
भन्ने कुरा आफ्नो जीवनबाट सिकेको उनी बताउछिन्। सीप भएर मिहिनेत गर्नेलाई सबैले सम्मान गर्दाै रहेछ,
त्यसैले परिश्रमी भएर काम गरिरहेकी छु खुशी हुँदै उनी भन्छिन – “काम गर्नेलाई जहाँ पनि सम्मान र पैसा छ,
नगर्नेलाई कहि छैन् सम्मान र कमाई ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली