२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा धमाधम गाउँ तथा नगरपरिषद् हुँदै

२०७२, २८ पुष मंगलवार ११:०७

dang news

सन्तोषकुमार गुप्ता । दाङ २८ पुस । सांसद शारदा स्वर्णकारले स्रोतको पहिचान हुन नसक्दा स्थानीय तहको विकास हुन नसकेको बताउनुभएको छ । मंगलबार पुरन्धारा गाविसको दशौं परिषद्को उद्घाटन गर्दै सांसद स्वर्णकारले यस्तो बताउनुभएको हो ।

विकास निर्माण गर्ने निकाय तथा स्थानीयबासी बीच आवश्यक समन्वय तथा सम्पर्क हुन नसक्दा पनि विकास निर्माणका कार्यले तीब्रता नपाएको सांसद स्वर्णकारले बताउनुभयो । परिषद् उद्घाटन कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएकी सांसद स्वर्णकारले गाउँ परिषद्मा सबैको चित्त बुझाउने बहानाले मुर्तरुपमा विकास अगाडि बढाउन समस्या रहेको दावी गर्नुभयो । नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै सांसद स्वर्णकारले संविधान कार्यान्वयनको पक्षमा भारतले मधेशी दलहरुको प्रयोग गरी समस्या उत्पन्न गराएको दावी गर्नुभयो । संविधानले नेपाली जनतालाई न्याय दिएको भन्दै केही दल र व्यक्तिको स्वार्थमा संविधान फसेको बताउनुभयो ।

पुरन्धारा गाविस सचिव यामबहादुर केसीको अध्यक्षता तथा सांसद स्वर्णकारको प्रमुख आतिथ्यता तथा जिल्ला विकास समिति दाङका प्रतिनिधि दिलिपकुमार खत्रीको विशिष्ट आतिथ्यतामा परिषद् उद्घाटन गरिएको थियो । त्यस अवसरमा गाविस सचिव यामबहादुर केसीले आर्थिक वर्ष २०७३/०७४ को अनुमानित १ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । सचिव केसीले पूर्वाधार विकासतर्फ २३ लाख ९४ हजार, लक्षित वर्गअन्तर्गत कृषि क्षेत्रका लागि ५ लाख ७५ हजार, बालबालिकातर्फ ६ लाख, अपांगतर्फ १ लाख, पिछडा वर्गतर्फ ३० हजार, दलित, आदिवासी, जनजातितर्फ ४ लाख ७० हजार, जेष्ठ नागरिकतर्फ १ लाख, महिलातर्फ ४ लाख १० हजार बजेट बिनियोजन गरेको जानकारी गराउनुभएको थियो । त्यस्तै सामाजिक सुरक्षा भत्ता १ करोड २० लाख, दलित प्रोत्साहन भत्ता २० लाख, चालु निकासा ४ लाख ५८ हजार, आन्तरिक राजश्व ७ लाख गरी १ करोड ९६ हजार ७४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । परिषद् उद्घाटन अवसरमा नेपाली काँग्रेसका जिल्ला सदस्य ओमबहादुर खड्का, टेकबहादुर वली, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सावित्रा विक, क्षेत्रीय अध्यक्ष प्रेमबहादुर खत्री, एकीकृत नेकपा माओवादीका भिमबहादुर वली, नेकपा क्रान्तिकारीका जिल्ला सदस्य छवि विक, राष्ट्रि«य जनमोर्चाका जिल्ला उपाध्यक्ष देवबहादुर विक, राप्रपा नेपाल क्षेत्रीय सदस्य ललित घर्ती, ईलाका वन कार्यालय पुरन्धाराका प्रमुख कमलप्रसाद पुन, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारे, मावि पदमपुरका शिक्षक पूर्णबहादुर केसीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लालबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाविसका मुखिया तिलक केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै