१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत

२८ माघ २०७४, आईतवार १०:४९

 माघ २८, बुटवल | प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् । 

एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको हो । 

एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमत प्रदेश सदस्यको सहमतिसहितको संयुक्त हस्ताक्षर बुझाएका हुन् । सो प्रदेशमा कूल ८७ प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना छन् । एमाले माओवादी गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमतिअनुसार एमाले प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीका लागि अगाडि सारिएको हो । 

दुवै दलका संसदीय दलको संयुक्त पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले मुलुकमा राजनीतिक परिवर्तनपछि प्रदेश संरचना पहिलो अभ्यास भएकाले केही विलम्ब भए पनि संविधानले दिएको समयभित्रै सरकार निर्माण गर्ने विषयमा सचेत छौँ भन्नुभयो । 

प्रदेश प्रमुखसमक्ष पत्र बुझाएलगत्तै मुख्यमन्त्रीका लागि अगाडि सारिएका एमाले संसदीय दलका नेता पोखरेलले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि आगामी फागुन ३ गते शपथ ग्रहण कार्यक्रम हुने र त्यससँगै छोटो मन्त्रिमण्डल गठन गरिने बताउनुभयो । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादी प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले प्रदेश सदस्य केसीलाई संसदीय दलको नेता चयन गरेको र आज नै मन्त्रिमण्डलमा पठाउने नेता तथा माओवादी केन्द्रले पाउने प्रदेशसभाको सभामुखका लागि नाम चयन गरिने बताउनुभयो ।रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह