2026-10-31 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करोडौको कारोवार गर्दै चन्द्रौटा महोत्सव सकियो

माधव बेल्वासे | माघ २८, चन्द्रौटा | करोडौंको कारोबार गर्दै चौथो चन्द्रौटा महोत्सव आइतबार सकिएको छ ।कृषि पर्यटन र औधोगिक विकाश हाम्रो अभियान आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मूल नारासहित चन्द्रँैटा उद्योग वाणिज्य संघले माघ १७ देखि माघ २८ गतेसम्म आयोजना गरेको चौथो चन्द्रौटा औधोगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवमा ९ करोड भन्दाम माथिको आर्थिक कारोवार र करिब एक लाख ३० हजार दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता दमन भाटले वताए ।

अपेक्षा गरेकोभन्दा र बढी दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको मेला मूल संयोजक जमसेर अलिले वताए । महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातित वस्तु विक्रि भएकोले व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ । 

कपिलवस्तुको पश्चिमी क्षेत्र एक औधोगिक करोडोर रहेकोले यस क्षेत्रमा उद्योग आर्कषणको रुपमा रहेको प्रदेश सदस्य अर्जुन केसीले वताए ।अव वन्ने सरकारले उद्योग तथा कृषिलाई विशेष प्रथमिकता दिएर विकाश गर्ने केसीले जनाए ।चन्द्रौटा कृष्णनगर क्षेत्रमा धेरै उद्योगहरु संचालनमा रहेकोले यस क्षेत्रमा विकाशको लागी सहज हुने केसीले दावी गरे ।त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले मेला एक एतिहासिक भएको वताए । कपिलवस्तु जिल्लाका पर्यटिकय स्थल कृषी उपज व्यापार व्यावसायलाई प्रवद्धन मेलाले गरेको दावी गरे ।

साथै महोत्सवमा राखिएको कृतिम बुद्ध परिपथमा दर्शक हरुको घुइचो बढेको आयोजकको भनाई छ । कृतिम रुपमा बनाइएको मायादेबी मन्दिर सोनवागढ शिबगढी मन्दिर तिलौराकोट लगायत प्रयटकिय क्षेत्रको कृतिम बनोटमा दर्शक हरुले धेरै अबलोकन गर्ने अवशर मिलेको संयोजक अलिले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय