2026-08-26 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: सार्वजनिक स्थलमा सुर्तीजन्य गतिविधि गरेमा पाँचसय जरिबाना

चिसाङ शेर्पा/माघ २८, खोटाङ । जिल्लामा पन्ध्रदिन भित्रमा सार्वजनिक स्थल र निकायमा जथाभावी सुर्तीजन्य पदार्थ सेवनमा निराकरण गरिने भएको छ । 

बिशेषगरी स्मोकिङ जोन नभएका होटल, चोक, सरकारी कार्यालय, बिद्धालयमा १५ दिनसम्म निराकरण गरिने र पन्ध्रदिनपछी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा नैतिक तथा पाँचसय रुपैयाँ आर्थिक कारवाही गरिने भएको छ ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल शाखा खोटाङले आईतबार पत्रकार सम्मेलन गर्दै मानविय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने सुर्तीजन्य गतिबिधीमा न्युनिकरण गर्नका लागि कारवाहीको नीति बनाएको हो । शुरुवातमा सदरमुकाम दिक्तेल बजारका होटल, चोक, विद्धालय र सरकारी कार्यालयमा त्यस्ता गतिविधिलाई न्युनिकरणका लागि फ्लोअप गरिने सञ्जालका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।

माघ २८ गतेबाट पन्ध्रदिन सञ्जालका पदाधिकारी तथा स्थानिय सञ्चारकर्मीले सुर्तीजन्य गतिविधिलाई निगरानी गर्नेछ । उनले भने, त्यसपछि पनि त्यस्ता गतिविधि पाईएमा रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगर सफाई अभियान’ अन्तरगत सञ्चालन गरीरहेको कारवाही अभियानलाई थप शसक्क्त बनाइनेछ ।

रुपाकोट मझुवागढी नगरपालिकालाई सफा बनाउने उद्देश्यका साथमा नगरपालिका र होटल व्यवसायीले दिक्तेल बजारका होटलहरुमा स्मोकिङ जोन बनाएर मात्रै सुर्तीजन्य पदार्थ सेवन गर्न महिनादिन अघि नियम बनाएको थियो । 

यद्यपी, ब्यवसायीहरु अटेरी  गर्दै अझैपनि होटलमा स्मोकिङ जोन नबनाई सार्वजनिक स्थलमै सुर्तीजन्य पदार्थ प्रयोग भइरहेकाले त्यसका लागि कडारुपमा सञ्जाल खट्ने उपाध्यक्ष अनिल आचार्यले बताए ।

सञ्जालले आईतबार बिहान दिक्तेलमा सुर्तीजन्य पदार्थ रोकथाम सम्बन्धी गरेको छलफलमा सहभागीहरुले निराकरणमा आफैबाट शुरु गर्नुपर्ने बताएका थिए । पशुपंक्षीले सम्म नखाने कुरालाई हामी खान्छौ अनि, हामी नै निराकरण लागि बहस गछौ लज्जासपद कुरा एक सहभागीले बताए ।

सञ्जालको यस क्रियाकलापलाई जिल्लाका सञ्चारमाध्यम, पत्रकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गर्ने बताएका छन् । 

कार्यक्रममा जिल्ला समन्यव समिति संयोजक बबी चाम्लिङ, रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला अस्पताल खोटाङका प्रमुख डाः राम बहादुर केसीले स्वास्थ्य अधिकार र सुर्तीजन्य क्रियाकलापलाई रोकथाम गर्नमा सहयोग गर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम