2026-09-22 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमी गर्भवती बनाएर विदेशीए, प्रेमिकाले बिहे गरिन्, बिहेकै रात छोरा जन्मियो !

माघ २८, काठमाडौँ । सुन्दा पनि अच्चम लाग्छ । तर, यथार्थ हो । बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन् ।

यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ।

उमेशले बरियारपट्ी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग यही माघ २५ मा जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन्। तर, उनले विवाहको हरेक प्रक्रिया पूरा गर्दा पनि दुलही गर्भवती रहेको थाहा पाएनन् ।

बिवाहकै रात दुलहीले छोरा जन्माइन्। त्यसपछि उनी आश्चर्यमा परे। सन्तोष यादवले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

केटाले पहिल्यैदेखि प्रेम गरेको र बिहे गरेको केही महिनामै सन्तान जन्मिएका घटना थुप्रै छन्। अझ कतिपयले त सन्तान भएपछि विवाह गरेका घटना पनि समाजमा देखिन्छन्। तर, उमेश भने ठूलो फन्दामा परे ।

उनले बिहे गरेकी केटीसँग प्रेम पनि गरेका थिएनन्। तर, बिहे गरेर घर भित्र्याएकै दिन दुलहीले बच्चा जन्माएपछि गाउँमा मात्र होइन् देश विदेशमा चर्चा चुलिएको छ।

यो घटनाले उमेशका परिवार लज्जित बनेको स्थानीय एक युवकले अन्नपूर्णलाई बताए। उनका अनुसार उमेश लाजले घरबाट निस्कन समेत मानेका छैन्।

बिहे गरेर घरमा भित्रिएकै दिन बच्चा जन्माएकी शोभा भने समस्यामा परेकी छन्। उनलाई श्रीमानले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माघ २७ गते माइत पठाएका छन्।

शोभा घर फिर्ता भएपछि समाज तनावमा परेको स्थानीय नथुनी रामले बताए। उनले भने, ‘युवती हेरेर बिहे भयो। तर, कसैले थाहा पाएन। यो नै आश्चर्यको कुरा हो।’

उनले भने, ‘शोभासँग सोधपुछ गर्दा परोसी युवक उमेशसँग प्रेम गरेको र उनीसँगै यौनसम्बन्ध राख्दा गर्भ बसेको बताइन्। त्यसपछि अहिले शोभालाई उमेशको घर पठाएका छन्।’

उनले युवती जो युवकसँग प्रेम गरेका थिए, ति युवक साउदी पुगेका कारण समस्या सिर्जना भएको बताए। प्रेम गरेर गर्भवती बनाएका युवक उमेशले आफूले आएपछि बिहे गर्ने भनेर फोनमा प्रतिबद्धता समेत जनाएको उनले बताए।

प्रेम गरेर गर्भ बसालेका उमेशका बुबा राजकुमार मोची र शोभाका बुवा रामवली रामले ठूलो गल्ती गरेको निष्कर्ष निकाल्दै समाजले दुबै जनालाई जरिवाना गरेका छन्। युवतीका बुबासँग २ लाख ५० हजार र गर्भवती बनाएका युवकका बुबाासँग २ लाख रुपैयाँ जरिवाना गरेको उनले बताए। -अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित