2026-07-24 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

जलाएर, एसिड छर्केर गरिने हिंसाका घटना बढेकामा चिन्ता व्यक्त

माघ २९,  ललितपुर | नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा मानिस आगलागी वा अन्य रसायनको ज्वलनमा परी अकालमै निधन वा घाइते हुने गर्छन् । तीमध्ये अधिकांश भवितव्यबाट नभई सुनियोजित रुपमा भएका घटनाबाट पीडित भए पनि उनीहरुले समयमै न्याय पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । 

बिभिएस नेपाल नामक संस्थाद्वारा सञ्चारकर्मीका लागि आयोजित अग्नि हिंसाजस्ता लैंगिक हिंसा विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी वक्ताले महिला र युवतीविरुद्ध हुने हिंसामध्ये जलाएर र रसायन (एसिड) छर्केर गरिने हिंसाका बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता घटना अत्यन्त क्रुर र पीडादायी हुने तथा समयमै उपचार र न्याय नपाउने गरेकाले पीडितहरुको पक्षमा सहयोग र पैरवी गरिनुपर्ने उहाँहरुको भनाइ छ । 

जलनका घटना पीडितमा शारीरिक असक्षमता, कुरुपता, दीर्घकालीन स्वास्थ्य जटिलता, मानसिक आघात हुने र सामाजिक अपहेलना व्यहोर्नु पर्ने हुँदा कतिपयले आत्महत्यासमेत गर्नु परेको भन्दै यस्ता विषयमा सञ्चार माध्यमले संवेदनशीलता देखाउँदै समाचारमा प्राथमिकता दिनुपर्ने धारणा वक्ताहरुको थियो । 

बिभिएस नेपालका अनुसार नेपालमा वर्षमा करिब ५६ हजार व्यक्ति अर्थात् प्रत्येक दिन १५३ जना, प्रतिघण्टा छजना र प्रत्येक १० मिनेटमा एकजना आगलागीमा परी घाइते हुने गर्छन् । 

नेपालको ग्रामीण क्षेत्रमा हुने दुर्घटनाका घाइतेमध्ये जलनको घाइते दोस्रो नम्बरमा पर्छन् । जसबाट अंगभंग भएकामध्ये पाँच प्रतिशत घाइते जलनका कारणले भएको पाइन्छ । जनवरी २०१० देखि हालसम्म २४९ भन्दा बढी (१७९ जना महिला र बालबालिका) पीडित भएको तथ्यांक छ । तीमध्ये करिब ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाइसकेको सो संस्थाले जानकारी दिएको छ । 

कार्यक्रममा युनिसेफ नेपालका दीपक श्रेष्ठले जलनबाट पीडितलाई कानूनी र मनोवैज्ञानिक उपचारको खाँचो रहेको बताउँदै मिडियाले घटनाको एकपटक समाचार दिएर नपुग्ने, त्यसको ‘फलो–अप’ गरिरहनुपर्नेमा जोड दिनुभयो । 

बिभिएस नेपालका अध्यक्ष सुलक्षण रानाले जनवरी २०१४ देखि हालसम्म ४० जना महिला तथा बालबालिका जलनसम्बन्धी हिंसाको शिकार भएकामा एकाध घटनामात्रै सञ्चार माध्यममार्फत सार्वजनिक भएको बताउनुभयो । 

त्रिवि शिक्षण अस्पतालका डा ईश्वर लोहनीले समाजमा घरेलु हिंसाजन्य जलनका घटना बढ्दै गए पनि घटना लुकाउने वा अन्य कारणबाट भएको भन्ने गरेकाले पनि समयमै कानूनी उपचार पाउन कठिन भएको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक