२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दुई सय पचास बिद्यार्थीलाई छात्रबृत्ति बितरण

१३ माघ २०७२, बुधबार १२:०८

सन्तोषकुमार गुप्ता/ माघ १३, भालुवाङ ।  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गमा अध्ययनरत दुई सय पचास जना विद्यार्थीहरुलाई बुधबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी छात्रबृत्ति वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका दलित तर्फ छात्र—छात्रा र अन्य छात्रा विद्यार्थीहरुलाई जनही चार सयका दर उक्त छात्रबृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय दाङ्गको अनुदानमा बार्षिक कार्यक्रम अन्र्तगत यस बर्ष जम्मा एक लाख रुपैयाँ छात्रबृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज रोकामगरको अध्यक्षतामा भएको छात्रबृत्ति वितरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक डिलबहादुर कुमालले आर्थिक बर्ष २०७१÷०७२ को ४७ लाख ७० हजार ४ सय ९७ रुपैयाँ ७९ पैसा सहितको सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य नरेन्द्रमान केसी, महिला सदस्य जीवन गुप्ता, शिक्षक अभिभावक संघका संयोजक रामजीप्रसाद गुप्ता र पत्रकार बिदुर एमसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका यशोदा पुनले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो