२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेशसभा ५ को सभामुख बने माओवादीका पूर्णबहादुर घर्ती

२०७४, १ फाल्गुन मंगलवार १२:५६

फागुन १, बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । उनि निर्विरोध भएपनि भोलि बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।

सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । प्रदेश ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत छ ।

दुई पार्टीको सहमति अनुसार यस प्रदेशमा मााओवादीले सभामुख पाएको छ । भोलिको बैठकमा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीलाई सभामुख घोषणा गर्ने र शपथ ग्रहण गर्ने प्रदेश ५ को सचिवालयले जनाएको छ ।

मंगलबार माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीले प्रदेश सचिबालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

भूमे गाउँपालिका-९ रुकुममा २०२४ असार २९ मा जन्मिएका घर्ति माओवादी सशस्त्र युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार